ताजा खबर

स्थानीय

मंगलबार, मङ्सिर २, २०८३

रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, दुई घाइते

SITENAME

रौतहट, १ मंसिर । रौतहटमा चार जना सवार स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।सोमबार साँझ चार जना सवार मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा भारतको सितामढी जिल्ला भकुरहर ग्रामका १६ वर्षीय प्रिन्स पासवान र सितामढी जिल्लाकै जमुवा टोल निवासी १८ वर्षीय अनिकेत पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। त्यस्तै, स्कुटरमा सवार भकुरहर ग्रामकै १७ वर्षीय सुनिल पासवान र रौतहटको यमुनामाई नगरपालिका–५ झुनखुनवा टोल निवासी १५ वर्षीय आकाश पासवान घाइते भएका छन्। घाइतेहरूको प्रादेशिक अस्पताल गौर र वीरगञ्जमा उपचार भइरहेको छ। उनीहरूको टाउको, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको अवस्थामा स्कुटर दुर्घटनामा परेको हो।  प्रारम्भिक विवरणअनुसार स्कुटरको सिट क्षमताभन्दा बढी चार जना सवार थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

 अज्ञात व्यक्तिको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

रौतहट १८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा मङ्गलबारर गोली चलेको छ । पहचिान नखुलेका व्यक्तिले गोली प्रहार गर्दा गौर नगरपालिका–४ गडवा टोलस्थित पानी

SITENAME

रौतहटमा सिमेन्ट बोर्ड उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

रौतहट १७ कार्तिक  उपेन्द्र गोले तामाङ रौतहटमा उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर

SITENAME

उमेर हद खारेजीको माग गर्दै बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा 

रौतहट १७ कार्तिक  उपेन्द्र गोले तामाङ सर्लाही र रौतहटमा सिँचाई सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाई आयोजनाका ज्यालादारी कर्मचारीले विभिन्न माग

↑