स्थानीय
चन्द्रनिगाहपुरको माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु

रौतहट १५ कार्तिक
रौतहटको चन्द्रपुरस्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयले आजदेखि खेलकुद सप्ताह सुरु गरेको छ । विद्यार्थीहरूको शारीरिक, मानसिक तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले विद्यालयले खेलकुद सप्ताह आयोजना गरेको हो । खेलकुद सप्ताह अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गणेश पौडेलले खेलकुदले मानिसलाई जित र हार दुवैलाई सहज रूपमा स्वीकार गर्न सिकाउने बताउनुभयो । खेलमा सफलता र असफलता दुवै स्वाभाविक प्रक्रिया भएकाले त्यसलाई सामान्य रूपमा लिन सक्नुपर्ने उहाँको भनाइ थियो । खेलकुदले अनुशासन, धैर्यता र सकारात्मक सोचको विकास गर्दै व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष दीपक रेग्मीले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई संयमित, अनुशासित र खेल भावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
त्यस्तै चन्द्रपुर क्रिकेटका संस्थापक देवराज कार्कीले पछिल्लो समय रौतहट खेलकुदका लागि उर्वर भूमि बन्दै गएको बताउँदै स्थानीय स्तरमा खेलकुद गतिविधि बढ्दै जानु सकारात्मक भएको धारणा राख्नुभयो । रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान् दर्लामीले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तथा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले शिक्षाको विकाससँगै विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकास पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
विद्यालयका प्रिन्सिपल शोभा वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोही खेलकुद सप्ताह कार्यक्रममा सोही विद्ययालयका प्राचार्य अच्युत हुमगाईले स्वागत मन्तब्य राखेका थिए । विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहले विद्यार्थीमा खेलप्रतिको रुचि बढाउनुका साथै प्रतिभा पहिचान, अनुशासन र आपसी सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तीन खुट्टा भएको शिशुको जन्म, थप उपचारका लागि रेफर
रौतहट १६ कार्तिक रौतहटको राजपुर प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म भएको छ । आज बिहान करिब ५ बजे सामान्य

चन्द्रनिगाहपुरमा नवनिर्मित ओम शान्ति भवनको उद्घाटन
चन्द्रनिगाहपुर, रौतहट १४ असोज । आध्यात्मिक ज्ञान, राजयोग ध्यान तथा मानवीय मूल्यको प्रवर्धनमार्फत शान्त र सकारात्मक समाज निर्माण गर्ने उद्देश्यका

रौतहटमा मोबाइल बैंकिङ मार्फत २ लाख ९५ हजार रुपैयाँ ठगी, बैंक विवरण माग्दै प्रहरीद्वारा अनुसन्धान सुरु
उपेन्द्र गोले तामाङ रौतहट १३ कार्तिक मोबाइल बैंकिङ खातामा अनधिकृत पहुँच पुर्याएर २ लाख ९५ हजार रुपैयाँ ठगी भएको उजुरीपछि प्रहरीले अनुसन्धान







प्रतिकृया दिनुहोस