स्थानीय
रौतहटमा मोबाइल बैंकिङ मार्फत २ लाख ९५ हजार रुपैयाँ ठगी, बैंक विवरण माग्दै प्रहरीद्वारा अनुसन्धान सुरु

उपेन्द्र गोले तामाङ
रौतहट १३ कार्तिक
मोबाइल बैंकिङ खातामा अनधिकृत पहुँच पुर्याएर २ लाख ९५ हजार रुपैयाँ ठगी भएको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चन्द्रनिगाहपुर शाखालाई पत्राचार गर्दै शंकास्पद बैंक खाताको केवाईसी विवरण तथा कारोबारसम्बन्धी कागजात उपलब्ध गराउन अनुरोध गरेको छ । प्रहरीमा प्राप्त निवेदनअनुसार वृन्दावन नगरपालिका–१ निवासी २४ वर्षीय एक युवकको मोबाइल बैंकिङ खातामा अनधिकृत पहुँच पुर्याई २०८३ कात्तिक ५ गते पटक–पटक कारोबार गरेर २ लाख ९५ हजार रुपैयाँ ठगी गरिएको उल्लेख छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सम्बन्धित बैंकसँग कात्तिक ५ देखि ९ गतेसम्मको बैंक स्टेटमेन्ट, खाता खोल्दा पेस गरिएको केवाईसी फाराम तथा अन्य आवश्यक कागजात माग गरेको हो । मोबाइल बैंकिङमार्फत भएको उक्त आर्थिक ठगीमा संलग्न व्यक्ति तथा रकम स्थानान्तरण भएका खाताको पहिचान गर्ने उद्देश्यले प्रहरीले बैंकसँग विवरण माग गरेको जनाएको छ ।
प्रहरीले शंकास्पद खाताको विवरण माग गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । ठगीमा प्रयोग भएको रकम सुरक्षित राख्न सम्बन्धित खाताको कारोबार रोक्का गर्ने प्रक्रियाबारे समेत अनुसन्धान अघि बढाउनुपर्ने देखिएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान तथा ठगी भएको रकमको अवस्थाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

राजपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तीन खुट्टा भएको शिशुको जन्म, थप उपचारका लागि रेफर
रौतहट १६ कार्तिक रौतहटको राजपुर प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएको नवजात शिशुको जन्म भएको छ । आज बिहान करिब ५ बजे सामान्य

चन्द्रनिगाहपुरको माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु
रौतहट १५ कार्तिक रौतहटको चन्द्रपुरस्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयले आजदेखि खेलकुद सप्ताह सुरु गरेको छ । विद्यार्थीहरूको शारीरिक,

चन्द्रनिगाहपुरमा नवनिर्मित ओम शान्ति भवनको उद्घाटन
चन्द्रनिगाहपुर, रौतहट १४ असोज । आध्यात्मिक ज्ञान, राजयोग ध्यान तथा मानवीय मूल्यको प्रवर्धनमार्फत शान्त र सकारात्मक समाज निर्माण गर्ने उद्देश्यका







प्रतिकृया दिनुहोस