स्थानीय
रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा जाँच।

रौतहट, २२ असोज । ७१औँ प्रहरी दिवस–२०८३ को अवसर पारेर रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा जाँच गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको प्रत्यक्ष समन्वय तथा सहकार्यमा नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल रौतहटले गरुडा नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय शिवनगरको प्राङ्गणमा निःशुल्क आँखा जाँच, औषधि तथा सुरक्षा चश्मा वितरण कार्यक्रम आयोजना गरेको हो।
‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस–२०८३ को अवसरमा आयोजित कार्यक्रमको गौर आँखा अस्पतालका अध्यक्ष विजयकुमार सिंह र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ४७ जना ट्राफिक प्रहरी कर्मचारीसहित १०३ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणपछि आवश्यकताअनुसार औषधि तथा सुरक्षा चश्मासमेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, सञ्चारकर्मी, बुद्धिजीवी तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।
ट्राफिक प्रहरीको नियमित कार्यसम्पादनमा आँखाको दृष्टि महत्वपूर्ण हुने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

रौतहटमा भारतीय ठेकेदारबाट अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार
उपेन्द्र गोले तामाङ रौतहट १९ असोज रौतहटको गुजरा नगरपालिकाबाट अलपत्र अवस्थामा रहेका ४२ जना भारतीय नागरिकको उद्धार गरी भारतीय सीमा सुरक्षा बलको

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो
संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा

संकल्प सहकारीको अध्यक्षमा कुलबहादुर थापा
बिबेक चाैधरी रौतहट १७ असोज संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि कुल बहादुर थापाको अध्यक्षतामा नौ









प्रतिकृया दिनुहोस