राष्ट्रिय
कार्बन लाभ बाँडफाँड र लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

रौतहट, ९ असोज । सामुदायिक वनबाट प्राप्त हुने कार्बन लाभको न्यायोचित बाँडफाँड तथा त्यसबाट प्राप्त रकमलाई वन संरक्षण र स्थानीय समुदायको हितमा लगानी गर्ने विषयमा रौतहटमा एकदिने तालिम सम्पन्न भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मधेस प्रदेशको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटको आयोजनामा तालिम सञ्चालन गरिएको हो। चन्द्रपुर नगर महासंघको संयोजनमा भएको कार्यक्रम चन्द्रपुर नगर महासंघकी अध्यक्ष पदमकुमारी रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिममा कार्बन लाभ भनेको के हो, सामुदायिक वनले कार्बन सञ्चिति बढाएर कसरी लाभ प्राप्त गर्न सक्छ, प्राप्त लाभ कसरी बाँडफाँड गर्ने तथा लाभको रकमलाई वन संरक्षण, वातावरणीय सुधार र उपभोक्ताको जीविकोपार्जनमा कसरी लगानी गर्ने लगायतका विषयमा जानकारी दिइएको थियो। कार्यक्रममा सामुदायिक वनबाट कार्बन उत्सर्जन न्यूनीकरणमा पुर्याएको योगदानको आधारमा स्थानीय उपभोक्ताले पाउने लाभलाई पारदर्शी र न्यायोचित ढंगले परिचालन गर्नुपर्नेमा जोड दिइएको थियो। साथै कार्बन लाभबाट प्राप्त स्रोतलाई वन संरक्षण, पुनःवनरोपण, जैविक विविधता संरक्षण तथा समुदायको आर्थिक तथा सामाजिक विकासमा उपयोग गर्नेगरी लगानी योजना बनाउनुपर्ने विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रममा महासंघकी संघीय सदस्य सरस्वती खुलाल, मधेस प्रदेशका कार्यक्रम विकास अनुगमन संयोजक श्रीराम न्यौपाने, डिभिजन वन कार्यालय रौतहटका प्रमुख मन्जुर अहमद, रेड कार्यक्रम कार्यान्वयन इकाइ रौतहटका संयोजक महालक्ष्मी शर्मा लगायतको सहभागिता रहेको थियो। पौराइ सबडिभिजन वन कार्यालयअन्तर्गत चन्द्रपुर–२ का १३ वटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा पदाधिकारी, जिल्ला महासंघका पदाधिकारी र अन्य सरोकारवालाको सहभागिता रहेको तालिममा सहजकर्ता निरञ्जन हुमागाईंले सहजीकरण गरेका थिए।

लालबकैया पुलबाट खोलामा हाम फालेका युवक बेपत्ता
बिबेक चौधरी रौतहट, असोज ९ — रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा रौतहटका सामाजिक परिचालकविरुद्ध मुद्दा
रौतहट, ८ असोज। रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी

नमुना सामुदायिक वनमा जंगलभित्रै काठ चिरान, स्थानीयद्वारा छानबिनको माग
रौतहट, चन्द्रपुर ८असोज । रौतहटको चन्द्रपुर नगरपालिका–जुडिबेलास्थित नमुना सामुदायिक वन क्षेत्रमा जंगलभित्रै काठ चिरान हुँदा सम्बन्धित निकाय








प्रतिकृया दिनुहोस