स्थानीय
रौतहटमा ५० लाखभन्दा बढीको मोबाइल सामग्री बरामद

रौतहट ७ असोज
रौतहटमा सशस्त्र प्रहरीले करिब ५० लाख १४ हजार ५०० रुपैयाँ बराबरको मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा बुधबार बिहान करिब १ बजे सशस्त्र प्रहरीको टोलीले गौर नगरपालिका–४ टिकुलियास्थित भोला साहको घरमा छापा मारेको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमान्डमा ४५ जना सुरक्षाकर्मी तथा गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले खानतलासी गर्दा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री फेला पारेको हो । प्रहरीका अनुसार बरामद सामग्रीसँगै २ थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

परोहाको पटेल चौकबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहट, ७ असोज । प्रहरीले रौतहट बाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको परोहा नगरपालिका–८, मोतिपुरस्थित पटेल चौकबाट

सर्वोच्चबाट पनि निलम्बित मेयर यादवलाई राहत मिलेन
रौतहट ६ असोज रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवविरुद्ध विशेष अदालतले सुनाएको भ्रष्टाचार मुद्दाको फैसला सर्वोच्च

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।
रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ







प्रतिकृया दिनुहोस