ताजा खबर

स्थानीय

शुक्रबार, असोज ९, २०८३

रौतहट बचत तथा ऋण सहकारी संघको बैठक सम्पन्न

SITENAME

रौतहट ९ असमेज । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको नियमित बैठक शुक्रबार सम्पन्न भएको छ। संघका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा बसेको बैठकले संघका विभिन्न गतिविधि तथा आगामी कार्ययोजनाका विषयमा छलफल गर्दै आवश्यक निर्णय गरेको छ। बैठकमा संघका व्यवस्थापकले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल तथा समीक्षा गरिएको थियो। त्यसैगरी भाद्र महिनामा संघले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा गरिने गतिविधिका बारेमा समेत छलफल भएको जनाइएको छ। बैठकले संघको स्थापना दिवस तथा आगामी साधारणसभा आयोजना गर्ने विषयमा समेत आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ। साथै सदस्यहरूको बचत फिर्ता तथा ऋण न्यूनीकरणका लागि कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको संघले जनाएको छ। बैठकमा नियामक निकायबाट जारी भएका निर्देशनहरूको कार्यान्वयन तथा त्यससँग सम्बन्धित विषयमा समेत छलफल गरिएको थियो। बैठकले संघको संस्थागत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न निर्णय गरेको जनाइएको छ। बैठकमा संघका पदाधिकारी तथा सम्बन्धित सदस्यहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस
SITENAME

लालबकैया पुलबाट खोलामा हाम फालेका युवक बेपत्ता

बिबेक चौधरी  रौतहट, असोज ९ — रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११

SITENAME

रौतहटमा १९ वर्षपछि कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त पक्राउ

रौतहट ९ असोज  १९ वर्षअघि भएको दोहोरो हत्याकाण्डमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । २०६४ साल वैशाख ३१ गते राति

SITENAME

परोहाको पटेल चौकबाट कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट, ७ असोज । प्रहरीले रौतहट बाट कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको परोहा नगरपालिका–८, मोतिपुरस्थित पटेल चौकबाट

↑