ताजा खबर

राष्ट्रिय

शुक्रबार, असोज २, २०८३

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।

SITENAME

रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।समूहको विधान अनुसार सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै ३ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा समु माया ठाकुर, सचिवमा सनम घिसिङ, सह-सचिवमा मित्र बहादुर तामाङ र कोषाध्यक्षमा ईश्वर श्रेष्ठ चयन हुनुभएको छ।त्यस्तै कार्यसमिति सदस्यहरूमा प्रकाश बन्जन (सानो), कान्छी घिसिङ, टिप दयाल राय, पबित्रा परियार, निसान घिसिङ र सुमित्रा राई सर्वसम्मत हुनुभएको छ।यसैगरी, नवगठित सल्लाहकार समितिमा खड्ग बहादुर तामाङ, मान सिङ घिसिङ र हर्ष बहादुर मानन्धर रहनुभएको छ।कार्यक्रममा उपस्थित उपभोक्ताहरूले नवनिर्वाचित अध्यक्ष घिसिङ लगायत सम्पूर्ण कार्यसमिति तथा सल्लाहकार समितिलाई बधाई दिँदै सफल र परिणाममुखी कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस
SITENAME

चन्द्रपुरमा पशुमा रोग फैलिएको आशंका, गाई मरेपछि स्थानीय चिन्तित

रौतहट, २९ भदौ — चन्द्रपुर नगरपालिकाको दक्षिणी क्षेत्रमा पशुहरूमा अज्ञात रोग फैलिएको आशंका गरिएको छ। पछिल्लो एक सातादेखि पशुहरूमा देखिएको रोगका

SITENAME

बाढीपीडितको राहतका लागि नेपाली कांग्रेस बृन्दावन नगर समितिद्वारा १ लाख ४ हजारभन्दा बढी सहयोग सङ्कलन

रौतहट १९ भदौ  बाढीपीडित नागरिकहरूका लागि उद्धार, राहत तथा पुनर्मिलन/पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेस बृन्दावन नगर

SITENAME

रौतहटको चन्द्रपुर–६ स्थित आधारभूत विद्यालय बेल्डिमा जगतबहादुर थिङको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन

  रौतहट, १४ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित श्री आधारभूत विद्यालय बेल्डिमा अभिभावकहरूको भेलाले जगतबहादुर थिङको अध्यक्षतामा नयाँ