राष्ट्रिय
चन्द्रपुरमा पशुमा रोग फैलिएको आशंका, गाई मरेपछि स्थानीय चिन्तित

रौतहट, २९ भदौ — चन्द्रपुर नगरपालिकाको दक्षिणी क्षेत्रमा पशुहरूमा अज्ञात रोग फैलिएको आशंका गरिएको छ। पछिल्लो एक सातादेखि पशुहरूमा देखिएको रोगका कारण गाई मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन्।चन्द्रपुर नगरपालिका–९ मा केदार भुजेल र बालकृष्ण गौतमले पालेका गाई रोगका कारण मरेको स्थानीय गोपाल चौलागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो केही दिनदेखि पशुहरूमा अस्वस्थता देखिन थालेको र समयमै उपचार तथा रोगको पहिचान हुन नसक्दा गाई मरेका हुन्।स्थानीयले पशुहरूमा फैलिएको रोगको तत्काल परीक्षण गरी आवश्यक उपचार तथा नियन्त्रणका उपाय अपनाउन पशु चिकित्सक र सम्बन्धित निकायसँग माग गरेका छन्।समयमै पशु चिकित्सकहरूले ध्यान नदिए रोग अन्य पशुहरूमा समेत फैलिन सक्ने खतरा रहेको स्थानीय चौलागाईंको भनाइ छ। स्थानीयले पशुमा देखिएको समस्याबारे तत्काल अनुगमन गरी किसानलाई आवश्यक उपचार सेवा उपलब्ध गराउन आग्रह गरेका छन्।

बाढीपीडितको राहतका लागि नेपाली कांग्रेस बृन्दावन नगर समितिद्वारा १ लाख ४ हजारभन्दा बढी सहयोग सङ्कलन
रौतहट १९ भदौ बाढीपीडित नागरिकहरूका लागि उद्धार, राहत तथा पुनर्मिलन/पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेस बृन्दावन नगर

रौतहटको चन्द्रपुर–६ स्थित आधारभूत विद्यालय बेल्डिमा जगतबहादुर थिङको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
रौतहट, १४ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित श्री आधारभूत विद्यालय बेल्डिमा अभिभावकहरूको भेलाले जगतबहादुर थिङको अध्यक्षतामा नयाँ

रौतहटको चन्द्रपुर–६ स्थित आधारभूत विद्यालय बेल्डिमा जगतबहादुर थिङको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
रौतहट, १४ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित श्री आधारभूत विद्यालय बेल्डिमा अभिभावकहरूको भेलाले जगतबहादुर थिङको अध्यक्षतामा नयाँ






प्रतिकृया दिनुहोस