ताजा खबर

स्थानीय

शनिबार, भदौ २७, २०८३

चन्द्रोदय सहकारीको १८औँ चुनावी वार्षिक साधारण सभा सम्पन्न

SITENAME

रौतहट, २७ भदौ । रौतहटको चन्द्रपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ चुनावी वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारीको आगामी कार्यदिशा, सदस्यको हित र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएको छ । सभाको उदघाटन गर्नुहुदै रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेलले सहकारी संस्था नीति, विधि र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले शेयर सदस्यलाई केन्द्रमा राखेर सञ्चालन भएकै कारण चन्द्रोदय सहकारीले सफलता हासिल गरेको धारणा राख्नुभयो । चन्द्रपुर नगरपालिका–६ का वडाध्यक्ष सहदेव केसीले चन्द्रोदय सहकारीले वित्तीय सेवासँगै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय काम गर्दै आएको बताउनुभयो । सहकारीले सञ्चालन गरेका सामाजिक गतिविधिले स्थानीय तहलाई समेत सहयोग पुगेको उहाँको भनाइ थियो । संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार प्रकाश गहतराजले सहकारीले आफ्नो उद्देश्य प्राप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जनज्योति नमुना माध्यमिक विद्यालयका अध्यक्ष नरेश लामिछानेले सहकारी संस्था सिद्धान्तमा चल्नुपर्ने र शेयर सदस्यले पनि आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले समाज रूपान्तरणमा चन्द्रोदय सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । संस्थाका अध्यक्ष बसन्त आचार्यले सञ्चालक समितिको जिम्मेवारी सम्हाल्दा शेयर सदस्यको हितमा केन्द्रित भएर काम गरेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष रामशरण गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बासुदेव अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो ।

चन्द्रोदय सहकारीको सञ्चालक र लेखा समिति निर्विरोध चयन

रौतहटस्थित चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति र लेखा समिति निर्विरोध चयन भएको छ। निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै विभिन्न पदमा उम्मेदवारी दिएका सबै उम्मेदवार निर्विरोध चयन भएका हुन्।  निर्बाचन समितिका अनुसार अध्यक्षमा बसन्त आचार्य, उपाध्यक्षमा रामशरण गौतम, सचिवमा सञ्जय प्रसाद साह र कोषाध्यक्षमा भीमबहादुर विश्वकर्मा चयन भएका छन्। त्यस्तै, सञ्चालक समिति सदस्यमा सबिता श्रेष्ठ, लक्ष्मी दाहाल, रामचन्द्र शिवाकोटी, गुणराज घिमिरे र अनुपा श्रेष्ठ निर्विरोध चयन भएका छन्। लेखा समिति संयोजकमा बासुदेव अधिकारी तथा सदस्यमा चन्द्रकला प्याकुरेल र दिनेश अधिकारी चयन भएका छन्। निर्वाचन समितिका अनुसार निर्धारित निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता तथा आवश्यक प्रक्रिया पूरा गर्दा कुनै पदमा प्रतिस्पर्धी उम्मेदवारी नपरेपछि सबै उम्मेदवार निर्विरोध चयन भएको  निर्बाचन समितिका संयोजक शेष नसरे आलमले बताउनु भयोे ।  नवनिर्वाचित नेतृत्वले सहकारीको सुशासन, पारदर्शिता र सदस्यको हितलाई प्राथमिकतामा राखेर संस्थाको काम अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

जंगलमा गिट्टी लोड गरिएको ट्याक्टर रोकेर धनीलाई फोन गर्न लगाए वन अधिकृतले

रौतहट, ३१ भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीबाट गिट्टी लोड गरेर ल्याउँदै गरेको ट्याक्टरलाई डिभिजन वन कार्यालयका सहायक वन अधिकृत

SITENAME

चन्द्रनिगाहपुरस्थित सहकारी संस्थामा चोरी, २१ लाखभन्दा बढी नगद र उपकरण हराए

रौतहट, ३० भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको घटनाप्रति रौतहट बचत तथा ऋण

SITENAME

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै

रौतहट, ३० भदौ  रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर