स्थानीय
भारतीय अवैध कुखुराका कारण रौतहटका किसान संकटमाः लगानी नै जोखिममा पर्ने चेतावनी

रौतहट २७ भदौ
खुला सीमानाको फाइदा उठाउँदै भारतबाट तीव्र रूपमा भइरहेको बोइलर कुखुराको अवैध आयातले रौतहटका स्थानीय कुखुरापालक किसान तथा व्यवसायीहरू गम्भीर मर्कामा परेका छन् । जिल्ला कुखुरा व्यावसायिक किसान सङ्घका अनुसार रामपुरखाप, बंकुल, नरकटिया, खापघिउरा र मोतिपुर मट्सरीलगायतका सीमावर्ती नाकाहरूबाट दैनिक ठूलो परिमाणमा भारतीय कुखुरा नेपाल भित्र्याइने गरिएको छ। यसरी अवैध रूपमा ल्याइएका कुखुरालाई सीमा क्षेत्रका नेपाली फार्महरूमा राखेर स्वदेशी उत्पादनको नक्कली बिल बनाई बजारमा पठाउने गरिएको गम्भीर दाबी किसानहरूले गरेका छन् । दाना र औषधिको मूल्य बढेका कारण हाल नेपालमा कुखुराको उत्पादन लागत प्रतिकिलो करिब २५० देखि २६० रुपैयाँ पुगेको सङ्घका सचिव राधेश्याम साहले जानकारी दिनुभयो। भारतबाट सस्तो मूल्यमा आउने कुखुराका कारण नेपाली किसानले आफ्नो उत्पादन लागतसमेत उठाउन सकेका छैनन् । यसका साथै, क्वारेन्टाइन र स्वास्थ्य परीक्षणविना भित्र्याइने कुखुराका कारण पशुपन्छीजन्य विभिन्न रोगहरू फैलिन सक्ने उच्च जोखिमसमेत सिर्जना भएको छ । तस्करी नियन्त्रणका लागि किसानहरूले ज्ञापनपत्र बुझाउने, धर्ना दिने र अनसन बस्नेसम्मका आन्दोलन गरे पनि समस्या समाधान हुन सकेको छैन। उनीहरूले सीमा क्षेत्रमा हुने तस्करीको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । यता, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले भने सीमा क्षेत्रको वास्तविक अवस्था बुझेर तस्करी रोक्न आवश्यक कदम चालिने बताउनुभएको छ। अवैध आयात तत्काल नियन्त्रण नगरिए रौतहटको सिङ्गो कुखुरा व्यवसाय नै धरापमा पर्ने र हजारौँ किसानको लगानी डुब्ने चेतावनी व्यवसायीहरूले दिएका छन् ।

जंगलमा गिट्टी लोड गरिएको ट्याक्टर रोकेर धनीलाई फोन गर्न लगाए वन अधिकृतले
रौतहट, ३१ भदौ रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीबाट गिट्टी लोड गरेर ल्याउँदै गरेको ट्याक्टरलाई डिभिजन वन कार्यालयका सहायक वन अधिकृत

चन्द्रनिगाहपुरस्थित सहकारी संस्थामा चोरी, २१ लाखभन्दा बढी नगद र उपकरण हराए
रौतहट, ३० भदौ रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको घटनाप्रति रौतहट बचत तथा ऋण

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै
रौतहट, ३० भदौ रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर






प्रतिकृया दिनुहोस