स्थानीय
मौलापुरमा हाकिम र लेखापाल नहुँदा सेवा प्रवाह प्रभावित

रौतहट २६ भाद्र
रौतहटको मौलापुर नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा प्रशासनिक काम, विकास निर्माण तथा अत्यावश्यक सेवा प्रभावित भएको छ । नगरपालिकाको खाता सञ्चालन हुन नसक्दा कर्मचारी तथा शिक्षकले दुई महिनादेखि तलब पाउन नसकेको, विद्युत्, विवाहलगायतका भुक्तानी रोकिएको र फोहोर व्यवस्थापनसमेत प्रभावित भएको स्थानियले बताइएका छन । त्यसैगरी नगरपालिकाले निर्माण गरेको नाला जाम हुँदा सरसफाइमा समस्या देखिएको तथा एम्बुलेन्स सेवा पनि बन्द रहेको स्थानियले बताएका छन । त्यस्तै, इन्टरनेटको बक्यौता भुक्तानी हुन नसक्दा लाइन काटिएपछि वडा कार्यालयबाट प्रदान हुने विभिन्न सेवा प्रभावित भएको जनाइएको छ । पछिल्लो ६ महिनामा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जम्मा ४० दिन मात्रै कार्यालयमा उपस्थित भएर काम गरेको स्थानीय स्रोतको दाबी छ । यस अवधिमा तीन जना उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए पनि प्रशासनिक नेतृत्व स्थायी हुन नसकेको बताइएको छ । गत असारमा गरुडा नगरपालिकाबाट मौलापुरमा सरुवा गरिएका उपसचिव नीलम कुमार न्यौपाने भदौ ५ गतेदेखि कार्यालयमा उपस्थित नभएको स्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण असार मसान्तमा नगरपालिकाको करिब ७५ प्रतिशत बजेट फ्रिज भएको समेत स्थानियले दाबी गरेको छ । लामो समयसम्म प्रशासनिक नेतृत्व विहीन हुँदा सेवा प्रवाह र आर्थिक कारोबार प्रभावित बनेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिकामाथि समेत प्रश्न उठेको छ । नगरपालिकाको प्रशासनिक नेतृत्व र लेखापालको तत्काल व्यवस्था गरी रोकिएका सेवा तथा भुक्तानी सुचारु गर्न स्थानीयवासीले माग गरेका छन् ।

जंगलमा गिट्टी लोड गरिएको ट्याक्टर रोकेर धनीलाई फोन गर्न लगाए वन अधिकृतले
रौतहट, ३१ भदौ रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीबाट गिट्टी लोड गरेर ल्याउँदै गरेको ट्याक्टरलाई डिभिजन वन कार्यालयका सहायक वन अधिकृत

चन्द्रनिगाहपुरस्थित सहकारी संस्थामा चोरी, २१ लाखभन्दा बढी नगद र उपकरण हराए
रौतहट, ३० भदौ रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको घटनाप्रति रौतहट बचत तथा ऋण

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै
रौतहट, ३० भदौ रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर






प्रतिकृया दिनुहोस