ताजा खबर

स्थानीय

मंगलबार, भदौ ३०, २०८३

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै

SITENAME

रौतहट, ३० भदौ 
रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा हुँदै आएको जेसिज २०२६ को फाइनलमा मुनलाइट एकेडेमी र श्री जनता माध्यमिक विद्यालय, कटहरिया आमनेसामने हुँदैछन् ।  स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्स हेटौडाका प्रिन्सिपल पुर्णबहादुर जोशी प्रमुख अतिथिको रुपमा रहनु हुने भ्रएको छ । फाइनल खेल भदौ ३१ गते बुधबार बिहान ११ बजेदेखि कोटिहोम क्रिकेट खेल मैदान, बेतौनामा हुने आयोजकले जनाएको छ । यसअघि स्थगित भएको फाइनल खेलका लागि दुवै टोलीका खेलाडी तयारी अवस्थामा रहेका छन् । प्रतियोगिताको उपाधिका लागि मैदानमा उत्रिने दुवै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । आयोजक चन्द्रनिगाहपुर सिटी जेसीजले फाइनल खेल हेर्न तथा खेलाडीको हौसला बढाउन सम्पूर्ण खेलप्रेमीलाई मैदानमा उपस्थित हुन आग्रह गरेको छ । प्रतियोगिताले रौतहटका विद्यालयस्तरका क्रिकेट खेलाडीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

जंगलमा गिट्टी लोड गरिएको ट्याक्टर रोकेर धनीलाई फोन गर्न लगाए वन अधिकृतले

रौतहट, ३१ भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीबाट गिट्टी लोड गरेर ल्याउँदै गरेको ट्याक्टरलाई डिभिजन वन कार्यालयका सहायक वन अधिकृत

SITENAME

चन्द्रनिगाहपुरस्थित सहकारी संस्थामा चोरी, २१ लाखभन्दा बढी नगद र उपकरण हराए

रौतहट, ३० भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको घटनाप्रति रौतहट बचत तथा ऋण

SITENAME

चन्द्रपुरमा पशुमा रोग फैलिएको आशंका, गाई मरेपछि स्थानीय चिन्तित

रौतहट, २९ भदौ — चन्द्रपुर नगरपालिकाको दक्षिणी क्षेत्रमा पशुहरूमा अज्ञात रोग फैलिएको आशंका गरिएको छ। पछिल्लो एक सातादेखि पशुहरूमा देखिएको रोगका