ताजा खबर

स्थानीय

बुधबार, भदौ ३१, २०८३

जंगलमा गिट्टी लोड गरिएको ट्याक्टर रोकेर धनीलाई फोन गर्न लगाए वन अधिकृतले

SITENAME

रौतहट, ३१ भदौ 

रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीबाट गिट्टी लोड गरेर ल्याउँदै गरेको ट्याक्टरलाई डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकिशोर सिंहले जंगल क्षेत्रमा रोकेर ट्याक्टरधनीलाई फोन गर्न लगाएको घटना सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार सहायक वन अधिकृत सिंहले चन्द्रनिगाहपुरबाट करिब ४ किलोमिटर पूर्वको जंगल क्षेत्रमा एक्लै बसेर गिट्टी लोड गरिएको ट्याक्टर रोकेका थिए। उनले ट्याक्टर चालकलाई रोकेर ट्याक्टरधनीलाई फोन गर्न लगाएको बताइएको छ। गिट्टी बोकेर गुडिरहेको ट्याक्टरलाई वन अधिकृतले जंगलमा रोकेपछि घटनालाई लिएर विभिन्न प्रश्न उठेका छन्। ट्याक्टर रोक्नुको वास्तविक कारण, गिट्टी उत्खनन तथा ढुवानीसम्बन्धी कागजातको अवस्था र त्यसपछि भएको गतिविधिबारे भने विस्तृत जानकारी सार्वजनिक भएको छैन। घटनाबारे डिभिजन वन कार्यालय तथा सम्बन्धित ट्याक्टरधनीको आधिकारिक धारणा प्राप्त हुन बाँकी छ। यस विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिन आवश्यक देखिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।

रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ

SITENAME

चन्द्रनिगाहपुरस्थित सहकारी संस्थामा चोरी, २१ लाखभन्दा बढी नगद र उपकरण हराए

रौतहट, ३० भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको घटनाप्रति रौतहट बचत तथा ऋण

SITENAME

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै

रौतहट, ३० भदौ  रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर