ताजा खबर

स्थानीय

मंगलबार, भदौ ३०, २०८३

चन्द्रनिगाहपुरस्थित सहकारी संस्थामा चोरी, २१ लाखभन्दा बढी नगद र उपकरण हराए

SITENAME

रौतहट, ३० भदौ 
रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको घटनाप्रति रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडले गम्भीर ध्यानाकर्षण जनाएको छ । संघका अध्यक्ष बिमु कुमार पोखरेल तथा महासचिव देवबहादुर सापकोटा द्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत भदौ २८ गते राति अज्ञात समूहले सहकारी संस्थाको कार्यालयको ताला फुटाएर चोरी गरेका हुन् । कार्यालय बन्द रहेको समयमा भएको उक्त घटनामा संस्थाको सेफ (तिजोरी) मा रहेको नगद रु. २१ लाख ६१ हजार ५३४ र केही महत्वपूर्ण प्राविधिक उपकरण चोरी भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाइएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ संस्थाका पदाधिकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई खबर गरेका थिए । हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाउने तथा अनुसन्धान कार्य सुरु गरेको छ । साथै, कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको फुटेज पनि अनुसन्धानका लागि प्रहरीलाई उपलब्ध गराइएको बताइएको छ ।
रौतहट बचत तथा ऋण सहकारी संघले सहकारीका सदस्य, बचतकर्ता तथा सरोकारवालालाई धैर्य रहन आग्रह गर्दै संस्थाको आन्तरिक लेखा तथा प्रविधि प्रणाली सुरक्षित रहेको र सदस्यहरूको बचत तथा तथ्यांकमा कुनै असर नपरेको स्पष्ट पारेको छ । संघले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई चोरी भएको धनमाल फिर्ता गराउन प्रहरी प्रशासनसँग समन्वय भइरहेको जनाएको छ । साथै, शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा सहकारी संस्थालाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।

रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ

SITENAME

जंगलमा गिट्टी लोड गरिएको ट्याक्टर रोकेर धनीलाई फोन गर्न लगाए वन अधिकृतले

रौतहट, ३१ भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीबाट गिट्टी लोड गरेर ल्याउँदै गरेको ट्याक्टरलाई डिभिजन वन कार्यालयका सहायक वन अधिकृत

SITENAME

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै

रौतहट, ३० भदौ  रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर