स्थानीय
संकल्प साकोसको कार्यालयमा चोरी, भल्ट फोडेर २१ लाखभन्दा बढी नगद चोरी

चन्द्रनिगाहपुर, रौतहट — २८ भदौ २०८३, आइतबार।रौतहटको चन्द्रनिगाहपुरस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लि. (संकल्प साकोस) को कार्यालयमा चोरी भएको छ। आइतबार बिहान कार्यालय खोल्ने क्रममा चोरी भएको घटना सार्वजनिक भएको हो। चोरले सहकारी संस्थाको भल्ट फोडेर भल्टमा राखिएको नगद रु. २१ लाख ६१ हजार ५३४ चोरी गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। साथै, कार्यालयमा जडान गरिएको सीसी क्यामेराको डीभीआर/रेकर्डिङ डिभाइससमेत चोरी भएको बताइएको छ।
चोरीको घटना शुक्रबार राति वा शनिबार राति भएको हुनसक्ने अनुमान गरिए पनि यकिन समय भने खुल्न सकेको छैन।घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण तथा मुचुल्का तयार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा चोरी भएको रकम र सामग्रीको खोजीका लागि अनुसन्धान गरिरहेको जनाएको छ।घटनाबारे संकल्प साकोसका सचिव चिरञ्जीवी गौतमले जानकारी गराउनुभएको हो।

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।
रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ

जंगलमा गिट्टी लोड गरिएको ट्याक्टर रोकेर धनीलाई फोन गर्न लगाए वन अधिकृतले
रौतहट, ३१ भदौ रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीबाट गिट्टी लोड गरेर ल्याउँदै गरेको ट्याक्टरलाई डिभिजन वन कार्यालयका सहायक वन अधिकृत

चन्द्रनिगाहपुरस्थित सहकारी संस्थामा चोरी, २१ लाखभन्दा बढी नगद र उपकरण हराए
रौतहट, ३० भदौ रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको घटनाप्रति रौतहट बचत तथा ऋण







प्रतिकृया दिनुहोस