ताजा खबर

स्थानीय

शुक्रबार, भदौ २६, २०८३

मधेसमा आर्थिक बेथिति नियन्त्रण गर्न ठोस कदम चालेको अर्थमन्त्रीको दाबी

SITENAME

रौतहट २६ भाद्र
मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सरकारमा देखिएको आर्थिक बेथिति नियन्त्रण गर्दै सुशासन र विकासलाई प्राथमिकता दिएको दाबी गरेका छन् । कार्यकालको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले रकमान्तर तथा थप निकासा ५३ दशमलव ५७ प्रतिशत र असार महिनाको रकमान्तर ९५ दशमलव ९६ प्रतिशत घटाइएको जानकारी दिए । कानुनविपरीत माग गरिएका १२० वटा फाइल फिर्ता गरी अनावश्यक आर्थिक चलखेल नियन्त्रण गरिएको उनको भनाइ छ । उनका अनुसार बजेट प्रविष्टि सम्बन्धित मन्त्रालयबाटै गर्ने व्यवस्था गरिएको, स्रोत सुनिश्चितता नभएका ठेक्का तथा काममा रोक लगाइएको र स्थानीय तहको अनुदान रातो किताबसँगै हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ । अर्थ मन्त्रालयको कर्मचारी दरबन्दी ३२ प्रतिशत घटाइएको, लामो समय एउटै कार्यालयमा कार्यरत ७६ जना लेखा अधिकृत तथा लेखापालको सरुवा गरिएको र एक कर्मचारीलाई एक कार्यालयको जिम्मेवारी दिने व्यवस्था लागू गरिएको मन्त्री भट्टराईले बताए । त्यस्तै, १ करोड रुपैयाँभन्दा कमका नयाँ योजना र नयाँ सवारीसाधन खरिदमा रोक लगाइएको तथा कुल योजना संख्या २७ हजार ४०४ बाट घटाएर १५ हजार ८०८ मा सीमित गरिएको उनले जानकारी दिए । स्थानीय तहबाट प्राप्त हुनुपर्ने करिब २० करोड रुपैयाँ राजस्व प्राप्त गर्नुका साथै राजस्व संकलन र प्रदेश सञ्चित कोषमा दाखिला प्रणालीमा सुधार गरिएको मन्त्री भट्टराईको दाबी छ ।

प्रतिकृया दिनुहोस
SITENAME

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।

रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ

SITENAME

जंगलमा गिट्टी लोड गरिएको ट्याक्टर रोकेर धनीलाई फोन गर्न लगाए वन अधिकृतले

रौतहट, ३१ भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीबाट गिट्टी लोड गरेर ल्याउँदै गरेको ट्याक्टरलाई डिभिजन वन कार्यालयका सहायक वन अधिकृत

SITENAME

चन्द्रनिगाहपुरस्थित सहकारी संस्थामा चोरी, २१ लाखभन्दा बढी नगद र उपकरण हराए

रौतहट, ३० भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको घटनाप्रति रौतहट बचत तथा ऋण