ताजा खबर

स्थानीय

मंगलबार, भदौ २३, २०८३

सामुदायिक वन उपभोक्ता महासंघ रौतहटद्धारा विपद् प्रभावितका लागि १ लाख १ सय १५ रुपैयाँ राहत सहयोग

SITENAME

रौतहट २३ भाद्र
रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा २०८३ भदौ १० गते आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि रौतहटबाट राहत सहयोग गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटको समन्वयमा जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा व्यक्तिहरूबाट स्वस्फूर्त रूपमा संकलन गरिएको १ लाख १ सय १५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ । महासंघले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद् प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ । राहत रकमका लागि योगदान गर्ने सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह, सामुदायिक वन तथा सहयोगी व्यक्तिहरूप्रति महासंघले धन्यवाद तथा आभार व्यक्त गरेको छ । महासंघले विपद्को कठिन घडीमा सामूहिक सहयोग, सहकार्य र ऐक्यबद्धताले प्रभावित परिवारमा राहत तथा आशा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।

रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ

SITENAME

जंगलमा गिट्टी लोड गरिएको ट्याक्टर रोकेर धनीलाई फोन गर्न लगाए वन अधिकृतले

रौतहट, ३१ भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमतीबाट गिट्टी लोड गरेर ल्याउँदै गरेको ट्याक्टरलाई डिभिजन वन कार्यालयका सहायक वन अधिकृत

SITENAME

चन्द्रनिगाहपुरस्थित सहकारी संस्थामा चोरी, २१ लाखभन्दा बढी नगद र उपकरण हराए

रौतहट, ३० भदौ  रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको घटनाप्रति रौतहट बचत तथा ऋण