ताजा खबर

खेलकुद

सोमबार, भदौ १५, २०८३

रौतहटमा ‘जेसिस कप’ अन्तरविद्यालय नकआउट क्रिकेट भदौ १८ देखि हुने

SITENAME

रौतहट। चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। चन्द्रपुर नगरपालिका–८ स्थित बेतौना कोटीहोम क्रिकेट मैदानमा आगामी भदौ १८ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।सिटी जेसीजका अध्यक्ष देवराज न्यौपानेका अनुसार जिल्लाका विभिन्न विद्यालयका क्रिकेट टोलीहरूको सहभागिता रहने यस प्रतियोगिताको सम्पूर्ण तयारी अघि बढाइएको छ। सार्वजनिक गरिएको खेल तालिकाअनुसार प्रतियोगितामा नमुना आवासीय मावि (चन्द्रपुर–५), झरना आवासीय मावि (चन्द्रपुर–८), बालनिकेतन आवासीय मावि (चन्द्रपुर–६), एभरग्रिन आवासीय मावि (चन्द्रपुर–१०), जनज्योति मावि (चन्द्रपुर–६), मुनलाइट एकेडेमी (चन्द्रपुर–५) र होलिभिजन आवासीय मावि (चन्द्रपुर–७) भिड्ने छन्। त्यस्तै श्री जयकिसान मावि (धरहरी), श्री मावि (कनकपुर), माउन्ट एभरेस्ट आवासीय मावि (चन्द्रपुर–५), द रिडर्स इन्टरनेशनल स्कुल (गरुडा), नेपाल पुलिस स्कुल (गरुडा), श्री जनता मावि (कटहरिया) र श्री रूपा नेपाली पाल मावि (धमौरा) को पनि सहभागिता रहनेछ। विद्यालय तहबाटै क्रिकेट खेलको विकास गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने र विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको चन्द्रपुर क्रिकेट एकेडेमीका उपाध्यक्ष विष्णु थापा मगरले बताए। यस प्रतियोगिताले रौतहटको विद्यालयस्तरीय क्रिकेटलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिइएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

चीनमा केनिश खड्काले जिते स्वर्ण पदक

रौतहट, १३ असोज । चन्द्रपुर तेक्वान्डो डोजाङ चन्द्रनिगाहपुरका खेलाडी केनिश खड्काले चीनमा आयोजित २०२६ हेनान छिङ्गलोन ओपन तेक्वान्डो प्रतियोगितामा

SITENAME

जेसीज कप २०२६ को फाइनल खेल बुधबार हुँदै

रौतहट, ३० भदौ  रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत स्थगित भएको फाइनल खेल बुधबार हुने भएको छ । चन्द्रनिगाहपुर

SITENAME

रौतहटमा ‘जेसिस कप–२०८३’ अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु

रौतहट १८ भाद्र चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा रौतहटमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि

↑