राष्ट्रिय
चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

रौतहट २७ असोज । भारतको झरौखर प्रहरीले सैनिक रोडबाट चोरीको मोटरसाइकलसहित रौतहटका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–१ निवासी रामबाबु राय यादवका छोरा गजेन्द्र यादव रहेको बताइएको छ। भारतीय प्रहरीका अनुसार, चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिइएका यादवले उक्त मोटरसाइकल बिक्री गर्ने व्यक्तिका रूपमा कटहरिया नगरपालिका–३, बिर्ती पस्टोका निवासी सुरज यादवको नाम खुलाएका छन्। प्रहरीले बरामद गरेको मोटरसाइकल कहाँबाट चोरी भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। साथै, मोटरसाइकल चोरी तथा बिक्रीमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको जनाइएको छ। घटनाबारे भारतीय प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। अनुसन्धानपछि मोटरसाइकल चोरीको वास्तविक घटना र संलग्न व्यक्तिहरूबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ।

चन्द्रनिगाहपुरमा बालसंरक्षणका कानुनी प्रावधान सम्बन्धी दुई दिने तालिमको पहिलो दिन सम्पन्न
विवेक चाैधरी रौतहट चन्द्रनिगापुर मंसिर ११ रौतहटको चन्द्रपुरमा बालविवाह, बालश्रम तथा बालयौन दुर्व्यवहारका कानुनी प्रावधान सम्बन्धी दुई दिने

मकवानपुरमा सुमो दुर्घटना रौतहटका तीन जनाको मृत्यु, सात घाइते
हेटौडा ३ मंसिर । मकवानपुरको भैँसे नजिकै सुमो दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ भने चालक सहित सात जना घाइते भएका छन् । रौतहटको

रौतहटमा ७१औँ प्रहरी दिवस मनाइयो : सहयोगी व्यक्ति तथा संस्था सम्मानित
रौतहट, असोज ३० ‘विपद्मा सारथी, सङ्कटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ ७१औँ प्रहरी दिवस–२०८३ रौतहटमा विभिन्न





प्रतिकृया दिनुहोस