स्थानीय
पोल्ट्री किसानको हकहितको लागि राष्ट्रिय आन्दोलन संघर्ष समिति गठन

रौतहट२८ असोज । पोल्ट्री किसानहरूको हकहित संरक्षण, बजारमा बिचौलियाको प्रभाव र सीमित व्यवसायीको एकाधिकार अन्त्य तथा किसानका साझा समस्या समाधानका लागि दबाब सिर्जना गर्ने उद्देश्यले ‘पोल्ट्री किसान राष्ट्रिय आन्दोलन संघर्ष समिति’ को केन्द्रीय तदर्थ समिति घोषणा गरिएको छ। पोल्ट्री क्षेत्रमा किसानले भोग्दै आएका समस्या समाधान गर्न, श्रमको उचित मूल्य सुनिश्चित गर्न र बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिने उद्देश्यले समिति गठन गरिएको हो। नवगठित समितिले किसानलाई ठगीबाट जोगाउने, उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण निर्माण गर्ने तथा पोल्ट्री क्षेत्रका समस्याको नीतिगत समाधान खोज्ने लक्ष्य लिएको छ। यसका लागि सरकारसँग निरन्तर संवाद र संघर्षका कार्यक्रमहरू अघि बढाइने जनाइएको छ।
राधेश्याम साहको संयोजकत्वमा तदर्थ समिति
घोषित केन्द्रीय तदर्थ समितिको संयोजकमा रौतहटका राधेश्याम साह चयन हुनुभएको छ भने सह–संयोजकको जिम्मेवारी लमजुङका सन्तोष अधिकारीले पाउनुभएको छ। त्यस्तै, समितिको सदस्यहरूमा ईश्वर सापकोटा (कास्की), कल्पना सुवेदी (बर्दिया), जय प्रकाश बुढा मगर (काठमाडौँ), सुरेश थापा (सुन्दरीजल), शंकर राय (महोत्तरी), आनन्द साह (धनुषा), नारायण गिरी (पोखरा), जय पोखरेल (झापा), सुदेश गुप्ता (बारा), सुनिल राइका (गोरखा), बद्री घिमिरे (ललितपुर), जगर्नाथ चौधरी (सर्लाही), श्याम सुन्दर साह (सप्तरी), विजय कुमार साह (विराटनगर), गौतम फुयाल (काठमाडौँ), अर्जुन न्यौपाने (नुवाकोट), सरला थापा (पोखरा), गोविन्द संग्रौला र नेमा तामाङ (रसुवा) रहनुभएको छ।
किसानमैत्री नीतिका लागि दबाब दिने
समितिले पोल्ट्री किसानका समस्या पहिचान गरी देशभरका किसानलाई संगठित गर्ने, बजारमा हुने सम्भावित अनियमितता तथा एकाधिकारविरुद्ध आवाज उठाउने र किसानमैत्री नीति निर्माणका लागि सरकारसँग पहल गर्ने मुख्य लक्ष्य राखेको छ। पोल्ट्री व्यवसायलाई व्यवस्थित, पारदर्शी र किसानमुखी बनाउन उत्पादनदेखि बजारीकरणसम्मका समस्याहरू अविलम्ब समाधान गर्नुपर्ने आवश्यकता समितिले औँल्याएको छ। किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले समेत सहज तथा उचित मूल्यमा उपभोग्य वस्तु प्राप्त गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइने संघर्ष समितिले जनाएको छ।

पोल्ट्री किसानको हकहितको लागि राष्ट्रिय आन्दोलन संघर्ष समिति गठन
रौतहट२८ असोज । पोल्ट्री किसानहरूको हकहित संरक्षण, बजारमा बिचौलियाको प्रभाव र सीमित व्यवसायीको एकाधिकार अन्त्य तथा किसानका साझा समस्या समाधानका

पोल्ट्री किसानको हकहितको लागि राष्ट्रिय आन्दोलन संघर्ष समिति गठन
रौतहट२८ असोज । पोल्ट्री किसानहरूको हकहित संरक्षण, बजारमा बिचौलियाको प्रभाव र सीमित व्यवसायीको एकाधिकार अन्त्य तथा किसानका साझा समस्या समाधानका

रौतहटमा मौलिक संस्कृति जोगाउन सेनाद्वारा परम्परागत पिङ निर्माण
चन्द्रपुर (रौतहट) २८ असोज। नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा रौतहटको चन्द्रपुरमा परम्परागत पिङ निर्माण गरिएको छ। नेपाली मौलिक परम्परा तथा







प्रतिकृया दिनुहोस