ताजा खबर

राष्ट्रिय

शनिबार, असोज २४, २०८३

रौतहटको चार स्थानमा यात्रु सहायता कक्ष तथा रिफ्रेस सेन्टरको स्थापना

SITENAME

रौतहट, २४ असोज । विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना गरिएको छ। चाडपर्वका बेला यात्रुलाई सुरक्षित यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा यस्तो व्यवस्था गरिएको हो। कार्यालयका अनुसार जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर चोक, गरुडा नगरपालिका–४ स्थित गरुडा बजार, बौधीमाई नगरपालिका–७ स्थित बंकुल चोक र गौर नगरपालिका–८ स्थित गौर बसपार्कमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सहायता कक्षमार्फत चाडपर्वका समयमा आवतजावत गर्ने यात्रुलाई आवश्यक सहजीकरण, सुरक्षित यात्रासम्बन्धी जानकारी तथा ट्राफिक व्यवस्थापनमा सहयोग गरिने जनाइएको छ। त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको अगाडि यात्रुका लागि शुद्ध खानेपानी र शौचालयको सुविधासहित रिफ्रेस सेन्टर स्थापना गरिएको छ। लामो दूरीको यात्रा गर्ने यात्रुले केही समय विश्राम गर्न तथा आधारभूत सुविधा उपयोग गर्न सक्ने गरी उक्त व्यवस्था गरिएको हो। चाडपर्वको समयमा सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउने उद्देश्यले सहायता कक्ष तथा रिफ्रेस सेन्टर स्थापना गरिएको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताउनुभयो।

प्रतिकृया दिनुहोस
SITENAME

मल्हेनिया माई सामुदायिक वन उपयोक्ता समुहको साधारण सभा सम्पन्न

रौतहट, असोज २४ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित मल्हेनिया माई सामुदायिक वन उपभोक्ता समूहको ९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले

SITENAME

मधेश प्रदेशमा आदिवासी जनजाति युवाको वन अधिकार रेड प्लस तथा प्राकृतिक स्रोत शासनसम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

महोत्तरी २३ असोज ।  आदिवासी जनजाति युवाको वन उपयोग तथा व्यवस्थापन अधिकार रेड प्लस जलवायु परिवर्तन तथा प्राकृतिक स्रोत शासनसम्बन्धी ज्ञान, नेतृत्व र

SITENAME

आजपाको विदेश विभाग प्रमुखमा सापकोटा।

काठमाडौं, २० असोज । आम जनता पार्टी (आजपा)ले युवा नेता बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय

↑