ताजा खबर

राष्ट्रिय

मंगलबार, भदौ २, २०८३

रौतहटमा हाकिम सरुवामा मन्त्रालयको निर्णयप्रति प्रश्न, आवश्यकता भएको पालिका उपेक्षामा 

SITENAME

रौतहट २ भाद्र 
रौतहटका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत (हाकिम) सरुवा गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको वास्तविक आवश्यकता र प्राथमिकतालाई बेवास्ता गरेको भन्दै प्रश्न उठ्न थालेको छ । फतुवा विजयपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको आवश्यकता देखिएको अवस्थामा पनि त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरिएको छैन । तर ईशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया र वृन्दावन नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई भने सरुवा गरिएको छ । स्थानीय तहको प्रशासनिक कामकाज प्रभावकारी बनाउन पालिकाको आवश्यकता, प्रशासनिक अवस्था, कार्यसम्पादन र सेवा प्रवाहलाई आधार बनाएर दक्ष तथा अनुभवी प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन गर्नुपर्नेमा मन्त्रालयले कुन आधार र मापदण्डका आधारमा सरुवा तथा पदस्थापन गरेको हो भन्ने विषयमा स्थानीयस्तरमा चासो बढेको छ । विशेषगरी हाकिमको आवश्यकता रहेको फतुवा विजयपुर नगरपालिकालाई प्राथमिकतामा नराखी अन्य पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरिएपछि मन्त्रालयको निर्णयप्रति असन्तुष्टि देखिएको हो । स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले प्रमुख प्रशासकीय अधिकृतको अभाव वा प्रशासनिक नेतृत्वमा अस्थिरता हुँदा योजना कार्यान्वयन, आर्थिक तथा प्रशासनिक निर्णय र नागरिकलाई दिइने सेवा प्रवाह प्रभावित हुन सक्ने बताएका छन् । आवश्यकता भएको पालिकालाई प्राथमिकता नदिने तर सञ्चालनमा रहेका पालिकाका हाकिमलाई सरुवा गर्ने निर्णयले सरुवा प्रणालीको पारदर्शिता, औचित्य र मापदण्डमाथि नै प्रश्न उठाएको स्थानीयस्तरमा चर्चा हुन थालेको छ । सरुवा तथा पदस्थापन गर्दा राजनीतिक पहुँचभन्दा पनि स्थानीय तहको वास्तविक आवश्यकता, प्रशासनिक अवस्था, कार्यसम्पादन र नागरिकको सेवा प्रवाहलाई मुख्य आधार बनाउनुपर्ने मागसमेत उठेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

मौलापुर नगर प्रमुख रिना साहद्धारा ढल निर्माणको निरिक्षण

रौतहट २ भाद्र  रौतहटको मौलापुर नगरपालिका ढल निर्माणमा मोडेल बन्दै गइरहेको छ । मधेस प्रदेशको यसपालिकामा शिक्षा, स्वास्थ्य, यातायाता लगायतका क्षेत्र

SITENAME

चन्द्रनिगाहपुरमा ३६ औँ पूर्व प्रहरी दिवसमा वृक्षरोपण

रौतहट १ भाद्र ३६ औँ पूर्व प्रहरी दिवसको अवसरमा रौतहटको चन्द्रपुर–२ स्थित प्रथम सहिद लखन थापामगर स्मृति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ

SITENAME

१६ पालिकाले अस्पताल नचलाउँदा चन्द्रनिगाहपुरमा बढ्यो आर्थिक भार

रौतहट १ भदौ । रौतहटमा १८ स्थानीय तह छन्। जिल्लामा प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल गौर र चन्द्रपुर नगरपालिकाअन्तर्गत चन्द्रनिगाहपुर अस्पताल