ताजा खबर

राष्ट्रिय

सोमबार, भदौ १, २०८३

चन्द्रनिगाहपुरमा ३६ औँ पूर्व प्रहरी दिवसमा वृक्षरोपण

SITENAME

रौतहट १ भाद्र
३६ औँ पूर्व प्रहरी दिवसको अवसरमा रौतहटको चन्द्रपुर–२ स्थित प्रथम सहिद लखन थापामगर स्मृति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन रौतहटको आयोजना तथा नेपाल मगर संघ रौतहटको संयोजनमा आयोजित कार्यक्रममा विभिन्न जातका ८५ वटा बिरुवा रोपिएको हो । पूर्व प्रहरी संगठन रौतहटका अध्यक्ष धनबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगर, नेपाल मगर संघ रौतहटका अध्यक्ष शेरबहादुर थापामगर, पूर्व प्रहरी अधिकृत तथा जवानहरू, मगर संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व प्रहरी संगठन रौतहटका वरिष्ठ सल्लाहकार रामचन्द्र शिवाकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो भने मधेस प्रदेशका उपाध्यक्ष रामशरण गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनमा वृक्षरोपणको महत्व रहेको बताउँदै रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए । वृक्षरोपणसँगै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

मौलापुर नगर प्रमुख रिना साहद्धारा ढल निर्माणको निरिक्षण

रौतहट २ भाद्र  रौतहटको मौलापुर नगरपालिका ढल निर्माणमा मोडेल बन्दै गइरहेको छ । मधेस प्रदेशको यसपालिकामा शिक्षा, स्वास्थ्य, यातायाता लगायतका क्षेत्र

SITENAME

रौतहटमा हाकिम सरुवामा मन्त्रालयको निर्णयप्रति प्रश्न, आवश्यकता भएको पालिका उपेक्षामा 

रौतहट २ भाद्र  रौतहटका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत (हाकिम) सरुवा गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको वास्तविक

SITENAME

१६ पालिकाले अस्पताल नचलाउँदा चन्द्रनिगाहपुरमा बढ्यो आर्थिक भार

रौतहट १ भदौ । रौतहटमा १८ स्थानीय तह छन्। जिल्लामा प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल गौर र चन्द्रपुर नगरपालिकाअन्तर्गत चन्द्रनिगाहपुर अस्पताल