स्थानीय
चन्द्रपुरमा निःशुल्क आँखाको शल्यक्रियापछि ६३ वर्षीय राईको दैनिकी फेरियो

रौतहट २ भाद्र
रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ६३ वर्षीय सुखबहादुर राईको निःशुल्क आँखाको शल्यक्रियापछि दैनिकी फेरिएको छ । विगत ६ महिनादेखि आँखाको ज्योति कमजोर भएपछि घरको आँगनबाट समेत बाहिर निस्कन नसक्ने अवस्थामा रहेका राई अहिले नातिनातिनीसँग रमाउँदै खेल्न सक्ने भएका छन् । आँखा कमजोर हुँदै गएपछि हिँडडुल गर्न अरूको हात समात्नुपर्ने अवस्था आएपछि राई घरमै बस्न बाध्य थिए । उनको अवस्था देखेपछि स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले आँखा जाँच गराउन सुझाव दिएकी थिइन् । सोही क्रममा तिलगंगा आँखा प्रतिष्ठानको तिलगंगा सामुदायिक आँखा केन्द्र, चन्द्रपुरमा पुगेर आँखा जाँच गराएपछि उनलाई तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढमा निःशुल्क शल्यक्रियाका लागि पठाइएको थियो । अस्पतालमा गरिएको शल्यक्रिया सफल भएपछि राईको दृष्टिमा सुधार आएको छ। दृष्टिमा सुधार आएपछि उनी निकै खुसी भएका छन् । पाँच छोरा र दुई छोरीका बुवा राई हाल कान्छी बुहारी सुमित्रासँग बस्दै आएका छन्। उनका छोराहरू ज्याला मजदुरीका लागि काठमाडौं र पोखरामा छन्। आर्थिक अवस्था कमजोर भएकाले आँखाको समस्या हुँदासमेत राई सामान्य ज्याला मजदुरी गर्दै आएका थिए । दृष्टि कमजोर भएका कारण लामो समयसम्म नातिनातिनीलाई राम्रोसँग देख्न नसक्दा दुःखी रहेका राई अहिले चस्मा लगाएर उनीहरूसँगै खेल्दै रमाउने गरेका छन् । लामो समयपछि नातिनातिनीलाई नजिकबाट देख्न पाएकोमा आफू निकै खुसी भएको राईले बताएका छन् ।

मौलापुर नगर प्रमुख रिना साहद्धारा ढल निर्माणको निरिक्षण
रौतहट २ भाद्र रौतहटको मौलापुर नगरपालिका ढल निर्माणमा मोडेल बन्दै गइरहेको छ । मधेस प्रदेशको यसपालिकामा शिक्षा, स्वास्थ्य, यातायाता लगायतका क्षेत्र

रौतहटमा हाकिम सरुवामा मन्त्रालयको निर्णयप्रति प्रश्न, आवश्यकता भएको पालिका उपेक्षामा
रौतहट २ भाद्र रौतहटका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत (हाकिम) सरुवा गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको वास्तविक
..jpeg&h=200&w=220)
चन्द्रपुरमा बिन्दवासिनी सहकारीको १७औँ स्थापना दिवस
चन्द्रपुर, २०८३ भदौ १ गते।चन्द्रपुरमा रहेको बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १७औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको




..jpeg&h=90&w=100)




प्रतिकृया दिनुहोस