ताजा खबर

स्थानीय

शनिबार, मङ्सिर ६, २०८३

चन्द्रपुरमा बालश्रम अन्त्यका लागि योजना निर्माण सम्बन्धी अन्तर्क्रिया सम्पन्न

SITENAME

विवेक चाैधरी 

रौतहट चन्द्रनिगाहपुर, मंसिर ५ । रौतहटको चन्द्रपुर नगरपालिकामा बालश्रम अन्त्यका लागि योजना निर्माण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। 'बालबालिका हाम्रो गौरव' भन्ने मूल नाराका साथ मिति २०८३ मंसिर ५ गते शनिबारका दिन चन्द्रनिगाहपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

'छोरी' संस्थाको आयोजना, चन्द्रपुर नगरपालिका नगरस्तरीय बालअधिकार समितिको समन्वय तथा 'किन्डर नोट हिल्फे' (KNH) को आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो। छोरी संस्थाका कार्यवाहक उपाध्यक्ष छाया देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, विभिन्न वडाका वडा अध्यक्ष एवं वडा सदस्यहरू, नगरस्तरीय बालअधिकार समितिका सदस्य, नगर बाल सञ्जालका अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक एवं शिक्षक, सुरक्षा निकायका प्रतिनिधि, उद्योग वाणिज्य संघ, होटल तथा इँटा उद्योग व्यवसायी र सञ्चारकर्मी लगायत ३७ जना सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

अन्तर्क्रियाका क्रममा चन्द्रपुर नगरपालिकाभित्र विद्यमान बालश्रमका मुख्य समस्या र चुनौतीहरू पहिचान गरिएको छ। सहभागीहरूले गरिबी, अभिभावकमा जनचेतना तथा अनुगमनको कमी, पारिवारिक कलह, बालविवाह र सामाजिक सञ्जालको दुरुपयोगका कारण बालबालिकाहरू श्रममा धकेलिएको औँल्याएका थिए। विशेषगरी ६ महिनासम्म अभिभावकसँगै इँटाभट्टामा जाने गर्दा बालबालिकाको विद्यालय शिक्षा अनियमित हुने तथा खोप लगायतका आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको विषयमा गम्भीर छलफल भएको थियो। यसैगरी, साना होटल, घरेलु काम, फेन्सी पसल, ग्यारेज, मासु पसल, कबाड संकलन र यातायातका क्षेत्रमा बालश्रमको प्रयोग बढ्दो रहेको र कतिपय बालबालिका लागुऔषध एवं कुलतको जोखिममा समेत परेको निष्कर्ष निकालिएको छ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले इँटाभट्टामा काम गर्ने अभिभावकका बालबालिकालाई नियमित विद्यालय पठाउने वातावरण निर्माण गर्न उद्योगी तथा व्यवसायीहरू जिम्मेवार बन्नुपर्ने र स्थानीय तहबाट प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिएका थिए। बालश्रम मुक्त नगर निर्माणका लागि सरोकारवाला सबै निकायबीच समन्वय र सहकार्य गर्दै ठोस कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

रौतहटमा नाईन एमएमका २७ राउण्ड गोली बरामद, दुई जना भारततर्फ फरार

रौतहट, २ मंसिर । प्रहरीले रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट पेस्तोलमा लाग्ने नाईन एमएमका २७ राउण्ड गोली बरामद गरेको छ । गौर भन्सार सुरक्षा गार्ड र

SITENAME

रौतहट बौधिमाईको सरमुज्वामा चोरको आतंक, दुई होटलमा तोडफोड गरी चोरी

रौतहट १ मंसिर    रौतहटको बौधिमाई नगरपालिका–८ सरमुज्वास्थित हनुमान मन्दिर नजिकै रहेका दुईवटा होटलमा गएराति चोरी भएको छ । रातिको समयमा चोरहरूले

SITENAME

रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथामका लागि तीनदिने सचेतना कार्यक्रम सुरु

रौतहट १ मंसिर रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले तीनदिने सचेतनामूलक कार्यक्रम सुरु भएको छ । अपराध अनुसन्धान

↑