स्थानीय
रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथामका लागि तीनदिने सचेतना कार्यक्रम सुरु

रौतहट १ मंसिर
रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले तीनदिने सचेतनामूलक कार्यक्रम सुरु भएको छ । अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा सोमबारदेखि कार्यक्रम सुरु गरिएको हो । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा यौनजन्य हिंसा, महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार र साइबर अपराधबारे जनचेतना अभिवृद्धि गरिनेछ । पछिल्लो समय प्रविधिको दुरुपयोगमार्फत महिला तथा बालबालिकामाथि हुने हिंसा र साइबर अपराधका घटना बढ्दै गएको सन्दर्भमा यस्ता अपराध नियन्त्रणका लागि सचेतना आवश्यक रहेको प्रहरीले जनाएको छ । कार्यक्रममार्फत प्रविधिको सुरक्षित प्रयोग र हिंसाविरुद्ध आवाज उठाउन समुदायलाई जागरुक बनाउने लक्ष्य राखिएको छ ।

रौतहट बौधिमाईको सरमुज्वामा चोरको आतंक, दुई होटलमा तोडफोड गरी चोरी
रौतहट १ मंसिर रौतहटको बौधिमाई नगरपालिका–८ सरमुज्वास्थित हनुमान मन्दिर नजिकै रहेका दुईवटा होटलमा गएराति चोरी भएको छ । रातिको समयमा चोरहरूले

रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, दुई घाइते
रौतहट, १ मंसिर । रौतहटमा चार जना सवार स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।सोमबार साँझ चार जना सवार मधेश

अज्ञात व्यक्तिको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते
रौतहट १८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा मङ्गलबारर गोली चलेको छ । पहचिान नखुलेका व्यक्तिले गोली प्रहार गर्दा गौर नगरपालिका–४ गडवा टोलस्थित पानी





प्रतिकृया दिनुहोस