राष्ट्रिय
मकवानपुरमा सुमो दुर्घटना रौतहटका तीन जनाको मृत्यु, सात घाइते

हेटौडा ३ मंसिर । मकवानपुरको भैँसे नजिकै सुमो दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ भने चालक सहित सात जना घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान मकवानपुरको भैँसेस्थित सुन्दरीमाई मोडबाट करिब सात मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही स्थानकी २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा रहेका छन् ।
दुर्घटनामा सुमो चालक चन्द्रपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चनसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन् । प्रहरीका अनुसार घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ । दुर्घटनालगत्तै उद्धार गरी घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रौतहटमा ७१औँ प्रहरी दिवस मनाइयो : सहयोगी व्यक्ति तथा संस्था सम्मानित
रौतहट, असोज ३० ‘विपद्मा सारथी, सङ्कटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ ७१औँ प्रहरी दिवस–२०८३ रौतहटमा विभिन्न

रौतहटमा ७१औँ प्रहरी दिवस मनाइयो : सहयोगी व्यक्ति तथा संस्था सम्मानित
रौतहट, असोज ३० ‘विपद्मा सारथी, सङ्कटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ ७१औँ प्रहरी दिवस–२०८३ रौतहटमा विभिन्न

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ
रौतहट २७ असोज । भारतको झरौखर प्रहरीले सैनिक रोडबाट चोरीको मोटरसाइकलसहित रौतहटका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको कटहरिया





प्रतिकृया दिनुहोस