ताजा खबर

स्थानीय

बुधबार, मङ्सिर ३, २०८३

रौतहटमा नाईन एमएमका २७ राउण्ड गोली बरामद, दुई जना भारततर्फ फरार

SITENAME

रौतहट, २ मंसिर । प्रहरीले रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट पेस्तोलमा लाग्ने नाईन एमएमका २७ राउण्ड गोली बरामद गरेको छ । गौर भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले सोमबार राति उक्त गोली बरामद गरेको हो । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमाबाट करिब २०० मिटर पूर्व तथा नेपालतर्फको भित्री सडकमा राति करिब १०ः५० बजे गस्तीमा रहेको संयुक्त टोलीले भारततर्फ भाग्दै गरेका दुई जना पुरुष लाई देखेपछि शङ्का लागेर जाँच गर्न खोज्ने क्रममा उनीहरुले टाउकोमा बोकेको सेतो प्लास्टिकको झोला फालेर भागेका थिए । झोला उक्त परिणामको गोली बरामद भएको हो । गस्ती टोलीलाई देखेपछि दुवै जना गोली छाडेर भारततर्फ भागेका थिए । बरामद गोली भन्सार सुरक्षा गार्ड गौरमा ल्याएर राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

रौतहट बौधिमाईको सरमुज्वामा चोरको आतंक, दुई होटलमा तोडफोड गरी चोरी

रौतहट १ मंसिर    रौतहटको बौधिमाई नगरपालिका–८ सरमुज्वास्थित हनुमान मन्दिर नजिकै रहेका दुईवटा होटलमा गएराति चोरी भएको छ । रातिको समयमा चोरहरूले

SITENAME

रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथामका लागि तीनदिने सचेतना कार्यक्रम सुरु

रौतहट १ मंसिर रौतहटमा लैङ्गिक तथा यौनजन्य हिंसा रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले तीनदिने सचेतनामूलक कार्यक्रम सुरु भएको छ । अपराध अनुसन्धान

SITENAME

रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु, दुई घाइते

रौतहट, १ मंसिर । रौतहटमा चार जना सवार स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।सोमबार साँझ चार जना सवार मधेश

↑