स्थानीय
रौतहटमा बेवारिसे अवस्थामा फेला परेका सडक मानवको उद्धार, परिवारको खोजी हुँदै

रौतहट १२ कार्तिक
रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित सडकपेटीमा बेवारिसे अवस्थामा फेला पर्नुभएका अन्दाजी ५५ वर्षीय मुन्ना सिंहलाई उद्धार गरी मानव सेवा आश्रम रौतहट शाखाको संरक्षणमा राखिएको छ । २०८३ कार्तिक १२ गते सडकपेटीमा फेला पर्नुभएका सिंहलाई समाजसेवी तथा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीको समन्वयमा उद्धार गरिएको हो । उद्धारपछि उहाँलाई मानव सेवा आश्रम रौतहट शाखामा ल्याएर संरक्षणमा राखिएको छ। उहाँको परिवार तथा आफन्तजनको पहिचान गरी सम्पर्कमा ल्याउने उद्देश्यले खोजीका लागि अनुरोध गरिएको छ । उहाँलाई चिन्नुहुने, उहाँको घरपरिवार वा आफन्तजनबारे जानकारी भएका महानुभावहरूलाई मानव सेवा आश्रम रौतहट शाखामा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

ओम शान्ति भवन उद्घाटनको पूर्वसन्ध्यामा चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन
उपेन्द्र गोले तामाङ रौतहट १२ कार्तिक रौतहटको चन्द्रनिगाहपुरमा ओम शान्ति भवन उद्घाटनको पूर्वसन्ध्यामा बिहीबार पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना ७० वर्षीया सोमरिया देवीको मृत्यु, दुई जना घाइते
रौतहट, कात्तिक १ गते। रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आईतबार राति करिब १बजे मौलापुर

रौतहटमा १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ
रौतहट, ३१ असोज । रौतहट प्रहरीले १४७ एम्पुल लागूऔषधसहित एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी





प्रतिकृया दिनुहोस