स्थानीय
रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना ७० वर्षीया सोमरिया देवीको मृत्यु, दुई जना घाइते

रौतहट, कात्तिक १ गते। रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आईतबार राति करिब १बजे मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शितलपुर सडक खण्डमा मौलापुरबाट शितलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा बिजयापुर नगरपालिका–२ शितलपुरकी करिब ७० वर्षीया सोमरिया देवी ठाकुर रहेकी छन्। दुर्घटनापछि घाइते भएकी ठाकुरको बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पतालमा उपचारको क्रममा बिहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा मोटरसाइकल चालक फतुवा बिजयापुर–२ शितलपुरका ५३ वर्षीय त्रिबिक्रम ठाकुर र पछाडि सवार उनकी बुहारी २८ वर्षीया सिमा कुमारी ठाकुर रहेका छन्। दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत के.सी.को कमाण्डमा खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाएको छ। दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मौलापुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रौतहटमा १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ
रौतहट, ३१ असोज । रौतहट प्रहरीले १४७ एम्पुल लागूऔषधसहित एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी

पोल्ट्री किसानको हकहितको लागि राष्ट्रिय आन्दोलन संघर्ष समिति गठन
रौतहट२८ असोज । पोल्ट्री किसानहरूको हकहित संरक्षण, बजारमा बिचौलियाको प्रभाव र सीमित व्यवसायीको एकाधिकार अन्त्य तथा किसानका साझा समस्या समाधानका

पोल्ट्री किसानको हकहितको लागि राष्ट्रिय आन्दोलन संघर्ष समिति गठन
रौतहट२८ असोज । पोल्ट्री किसानहरूको हकहित संरक्षण, बजारमा बिचौलियाको प्रभाव र सीमित व्यवसायीको एकाधिकार अन्त्य तथा किसानका साझा समस्या समाधानका








प्रतिकृया दिनुहोस