राष्ट्रिय
रौतहटमा ७१औँ प्रहरी दिवस मनाइयो : सहयोगी व्यक्ति तथा संस्था सम्मानित

रौतहट, असोज ३०
‘विपद्मा सारथी, सङ्कटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ ७१औँ प्रहरी दिवस–२०८३ रौतहटमा विभिन्न श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। सो अवसरमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका अमर प्रहरीहरूप्रति शोक सलामी अर्पण गर्नुका साथै अमर प्रहरी स्मारकमा पुष्पहार तथा पुष्पगुच्छा अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो।कार्यक्रममा प्रहरीको कामकारबाही, शान्ति-सुरक्षा तथा अपराध नियन्त्रणमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न सामाजिक सङ्घसंस्था तथा नागरिकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरियो। सो अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पठाउनुभएको प्रहरी दिवसको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो। औपचारिक कार्यक्रमपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले प्रमुख अतिथिसहित उपस्थित सम्पूर्ण अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको दोस्रो सत्रमा प्रहरी उपरीक्षक रिजाल, अमर प्रहरीका परिवारजन तथा पूर्वप्रहरी कर्मचारीहरूबीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यस दिवसले अमर प्रहरीको योगदानको स्मरण गराउनुका साथै प्रहरी र नागरिकबीचको सहकार्य, विश्वास र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, पूर्वप्रहरी कर्मचारी, बहालवाला प्रहरी तथा अमर प्रहरीका परिवारजनको बाक्लो उपस्थिति रहेको थियो।

रौतहटमा ७१औँ प्रहरी दिवस मनाइयो : सहयोगी व्यक्ति तथा संस्था सम्मानित
रौतहट, असोज ३० ‘विपद्मा सारथी, सङ्कटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ ७१औँ प्रहरी दिवस–२०८३ रौतहटमा विभिन्न

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ
रौतहट २७ असोज । भारतको झरौखर प्रहरीले सैनिक रोडबाट चोरीको मोटरसाइकलसहित रौतहटका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको कटहरिया

केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, तीनजना पकाउ
सञ्जय कार्की रौतहट, २६ असोज । बैंक तथा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाताबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा







प्रतिकृया दिनुहोस