राष्ट्रिय
मल्हेनिया माई सामुदायिक वन उपयोक्ता समुहको साधारण सभा सम्पन्न

रौतहट, असोज २४ । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित मल्हेनिया माई सामुदायिक वन उपभोक्ता समूहको ९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ मा समूहद्वारा सञ्चालित वन संरक्षण, समूह व्यवस्थापन, आयआर्जनलगायतका कार्यक्रमको आर्थिक तथा प्रगति प्रतिवेदन अनुमोदन गरेको छ। साथै, आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गरिने कार्यक्रम तथा अनुमानित बजेटसमेत पारित गरेको छ। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटको सहभागिता रहेको थियो। सो अवसरमा वन संरक्षण, दिगो व्यवस्थापन तथा उपभोक्ताको हितका विषयमा विचार तथा धारणा राखिएको थियो। आयोजक समूहका अध्यक्ष मोतिलाल गुरो लगायत सम्पूर्ण पदाधिकारी तथा उपभोक्ताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा वन संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको आर्थिक तथा सामाजिक समृद्धिका लागि समूहले अझ सशक्त रूपमा काम गर्ने अपेक्षा व्यक्त गरिएको छ। सामुदायिक वनको संरक्षण, संवर्द्धन र सदुपयोगमार्फत स्थानीय उपभोक्ताको जीवनस्तर सुधार गर्न समूहले आगामी दिनमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विश्वास लिइएको छ।

रौतहटको चार स्थानमा यात्रु सहायता कक्ष तथा रिफ्रेस सेन्टरको स्थापना
रौतहट, २४ असोज । विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर स्थापना गरिएको छ। चाडपर्वका बेला

मधेश प्रदेशमा आदिवासी जनजाति युवाको वन अधिकार रेड प्लस तथा प्राकृतिक स्रोत शासनसम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
महोत्तरी २३ असोज । आदिवासी जनजाति युवाको वन उपयोग तथा व्यवस्थापन अधिकार रेड प्लस जलवायु परिवर्तन तथा प्राकृतिक स्रोत शासनसम्बन्धी ज्ञान, नेतृत्व र

आजपाको विदेश विभाग प्रमुखमा सापकोटा।
काठमाडौं, २० असोज । आम जनता पार्टी (आजपा)ले युवा नेता बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय






प्रतिकृया दिनुहोस