स्थानीय
मधेश प्रदेशमा आदिवासी जनजाति युवाको वन अधिकार रेड प्लस तथा प्राकृतिक स्रोत शासनसम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

महोत्तरी २३ असोज ।
आदिवासी जनजाति युवाको वन उपयोग तथा व्यवस्थापन अधिकार रेड प्लस जलवायु परिवर्तन तथा प्राकृतिक स्रोत शासनसम्बन्धी ज्ञान, नेतृत्व र पैरवी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशमा क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा राष्ट्रिय स्तरमा कार्यान्वयन भइरहेको डिजिएम नेपाल परियोजनाअन्तर्गत आयोजित कार्यशालाले वनमा निर्भर आदिवासी जनजाति तथा स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै दिगो वन व्यवस्थापन र रेड प्लस तथा जलवायु परिवर्तनसम्बन्धी प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुदृढ गर्ने उद्देश्य राखेको थियो । डिजिएम नेपाल वन लगानी कार्यक्रम अन्तर्गत जलवायु लगानी कोषको सहयोग तथा विश्व बैंकको सहकार्यमा सञ्चालित छ । परियोजनाले क्षमता विकास, सामुदायिक पहल तथा अनुदान सहयोगमार्फत आदिवासी जनजाति तथा स्थानीय समुदायलाई प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, जलवायु कार्य र निर्णय प्रक्रियामा सक्रिय साझेदारका रूपमा सशक्त बनाउने लक्ष्य राखेको छ । कार्यशालामा आदिवासी जनजाति युवाको वन उपयोग तथा व्यवस्थापन अधिकार, वन संरक्षणमा समुदायको भूमिका, प्राकृतिक स्रोतसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, जलवायु परिवर्तनका चुनौती र निर्णय प्रक्रियामा युवाको सहभागिताजस्ता विषयमा छलफल गरिएको थियो । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गत जनकपुरधामस्थित वन निर्देशनालयका संरक्षण तथा व्यवस्थापन अधिकृत अजय कुमार मिश्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महोत्तरीका डिभिजन वन अधिकृतसूर्य मैनाली, आदिवासी जनजाति युवा महासंघका अध्यक्ष किरण श्रेष्ठ, उपाध्यक्ष सुबलाला राई, परियोजनाका कार्यक्रम संयोजक साधना लिम्बुलगायत सरोकारवाला तथा युवा प्रतिनिधिहरूको सहभागिता थियो । महोत्तरीका डिभिजन वन अधिकृत सूर्य मैनालीले रेड प्लस दिगो वन व्यवस्थापन तथा वन र जलवायु शासन सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियामा आदिवासी जनजाति समुदायको परम्परागत ज्ञान, अनुभव र अधिकारलाई उचित स्थान दिनुपर्ने विषयमा जोड दिइएको थियो । कार्यशालाले वन संरक्षण र जलवायु परिवर्तनसम्बन्धी पहलहरू प्रभावकारी बनाउन समुदायको अर्थपूर्ण सहभागिता, समावेशी निर्णय प्रक्रिया, संस्थागत समन्वय र जवाफदेहिता आवश्यक रहेको सन्देश दिएको छ । युवाको नेतृत्व तथा पैरवी क्षमता सुदृढ गर्दै समुदायस्तरमा व्यावहारिक पहल प्रवद्र्धन गर्नु दिगो वन व्यवस्थापन र समावेशी प्राकृतिक स्रोत शासनका लागि महत्त्वपूर्ण रहेको विषय पनि छलफलमा उठाइएको थियो । कार्यशालामार्फत सहभागी युवाले वन उपयोग तथा व्यवस्थापन अधिकार, रेडप्लस जलवायु परिवर्तन र प्राकृतिक स्रोत शासनसम्बन्धी आफ्नो ज्ञान अभिवृद्धि गर्दै समुदायका प्राथमिकता पहिचान गर्न र सम्बन्धित निकायसँग सहकार्य गर्न आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ । परियोजनाले आदिवासी जनजाति तथा स्थानीय समुदायको क्षमता अभिवृद्धि, सामुदायिक नेतृत्वको प्रवद्र्धन र रेड प्लस तथा जलवायु परिवर्तनसम्बन्धी प्रक्रियामा अर्थपूर्ण सहभागिता सुदृढ गर्न सरकारी निकाय, सामुदायिक संस्था तथा अन्य साझेदारहरूसँग सहकार्य गर्दै आएको छ ।

रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा जाँच।
रौतहट, २२ असोज । ७१औँ प्रहरी दिवस–२०८३ को अवसर पारेर रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी

रौतहटमा भारतीय ठेकेदारबाट अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार
उपेन्द्र गोले तामाङ रौतहट १९ असोज रौतहटको गुजरा नगरपालिकाबाट अलपत्र अवस्थामा रहेका ४२ जना भारतीय नागरिकको उद्धार गरी भारतीय सीमा सुरक्षा बलको

चन्द्रपुर-८ मा होटल सञ्चालन र मदिरा बिक्री-वितरणको समय सीमा तोकियो
संवाददाता: विवेक चौधरी असोज १७ ,चन्द्रपुर, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ मा शान्ति सुरक्षा तथा सामाजिक मर्यादा कायम राख्नका लागि वडा









प्रतिकृया दिनुहोस