राष्ट्रिय
लालबकैया खोलामा बाँध कटानको जोखिम, सुरक्षा निकायसहितको टोलीद्वारा निरीक्षण

लालबकैया खोलामा बाँध कटानको जोखिम, सुरक्षा निकायसहितको टोलीद्वारा निरीक्षण
रौतहट, ११ असोज । लगातारको वर्षासँगै लालबकैया खोलामा जलस्तर बढेपछि रौतहटको राजपुर नगरपालिका–२ स्थित पुल, बाँध तथा कटानको जोखिम रहेका क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ । सम्भावित बाढी, बाँध कटान र डुबानबाट स्थानीय बस्ती तथा खेतीयोग्य जमिनमा हुन सक्ने क्षति न्यूनीकरणका लागि आइतबार बिहान प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तथा स्थानीय जनप्रतिनिधिसहित करिब ५०–५५ जनाको टोलीले जोखिम क्षेत्रको अनुगमन गरेको हो । टोलीले लालबकैया खोलाको पुल, बाँधको अवस्था तथा पानीको बहावसँगै कटान र डुबान हुन सक्ने स्थानको निरीक्षण गरेको जनाइएको छ । बाँध कमजोर रहेका वा कटानको जोखिम देखिएका स्थानमा समयमै सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको छ । अनुगमन टोलीमा नारायण दल गण रौतहटका प्रमुख सेनानी विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हजमिनियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय रौतहटका उपअनुसन्धान निर्देशक कुमार बुढाथोकीलगायत सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । बाढीको जोखिम कायमै रहेकाले नदी तथा बाँध आसपासका स्थानीयलाई सतर्क रहन, अनावश्यक रूपमा खोलाको किनारमा नजान र बाँधमा असामान्य कटान वा पानीको बहाव देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ । स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाले जोखिमयुक्त बाँध तथा कटान क्षेत्रमा नियमित निगरानी बढाउनुपर्ने देखिएको छ । समयमै सम्भावित जोखिम पहिचान गरी आवश्यक रोकथामका उपाय अपनाउन सके बाढीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने स्थानीयको भनाइ छ ।

लाल बकैया नदीमा जलस्तरको सतह खतरा नजिक
रौतहट, ११ असोज । लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको

पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
काठमाडौं, ११ असोज ।पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै अपराध

लाल बकैया नदीमा जलस्तर बढ्यो चेतावनी तह पार
रौतहट, ११ असोज । लालबकैया नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आइतबार बिहान ४ः









प्रतिकृया दिनुहोस