ताजा खबर

राष्ट्रिय

आइतबार, असोज ११, २०८३

लाल बकैया नदीमा जलस्तरको सतह खतरा नजिक

SITENAME

रौतहट, ११ असोज । लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आइतबार बिहान ७ः२४ बजेको अपडेटअनुसार निजगढस्थित लालबकैया नदीमा पानीको सतह २३८ सेन्टिमिटर पुगेको छ। उक्त स्थानमा चेतावनी तह १५० सेन्टिमिटर र खतरा तह २५० सेन्टिमिटर तोकिएको छ। हाल नदीको जलस्तर चेतावनी तहभन्दा ८८ सेन्टिमिटर माथि पुगेको छ भने खतरा तहभन्दा १२ सेन्टिमिटर मात्र तल रहेको छ। जलस्तर अझै बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीमा जोखिम बढेको छ। विशेषगरी मौलापुर नगरपालिका–१ मर्यादपुरलगायत लालबकैया नदीको तटीय तथा होचा भू–भागमा बसोबास गर्ने नागरिकले थप सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ। नदीको बहाव बढिरहेको समयमा नदी किनार, पुल, घाट तथा डुबान हुनसक्ने क्षेत्रमा नजान, बालबालिका तथा वृद्धवृद्धालाई विशेष निगरानीमा राख्न र आवश्यक परे सुरक्षित तथा अग्लो स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ।सम्भावित बाढी तथा डुबानबाट जोगिन स्थानीयवासीले महत्त्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल तथा आवश्यक सामग्री सुरक्षित राख्न र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा बाढीसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन आवश्यक छ। नदीको पानी खतरा तह नजिक पुगिसकेकाले ‘पानी घटेपछि मात्र सुरक्षित हुन्छ’ भन्ने अनुमान नगरी जलस्तर र बहावको अवस्था हेरेर सतर्क रहन स्थानीयवासीलाई आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

लालबकैया खोलामा बाँध कटानको जोखिम, सुरक्षा निकायसहितको टोलीद्वारा निरीक्षण

लालबकैया खोलामा बाँध कटानको जोखिम, सुरक्षा निकायसहितको टोलीद्वारा निरीक्षण रौतहट, ११ असोज । लगातारको वर्षासँगै लालबकैया खोलामा जलस्तर बढेपछि

SITENAME

पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

काठमाडौं, ११ असोज ।पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै अपराध

SITENAME

लाल बकैया नदीमा जलस्तर बढ्यो चेतावनी तह पार

रौतहट, ११ असोज । लालबकैया नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आइतबार बिहान ४ः

↑