राष्ट्रिय
लाल बकैया नदीमा जलस्तर बढ्यो चेतावनी तह पार

रौतहट, ११ असोज । लालबकैया नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आइतबार बिहान ४ः ४४ बजे निजगढ क्षेत्रमा लालबकैया नदीको जलस्तर १७१ सेन्टिमिटर पुगेको जनाइएको छ। उक्त स्थानमा चेतावनी तह १५० सेन्टिमिटर र खतरा तह २५० सेन्टिमिटर निर्धारण गरिएको छ। जलस्तर चेतावनी तहभन्दा माथि पुगेकाले नदी आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको हो। जलस्तर थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै लालबकैया नदी तथा आसपासका खोलाको तटीय क्षेत्र, तल्लो भूभाग र डुबानको जोखिममा रहेका बस्तीका बासिन्दालाई नदीमा नजान तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।बाढी हेर्न, फोटो तथा भिडियो खिच्न नदी किनारमा जाने र बालबालिकालाई नदी तथा खोलाको किनारमा जान दिने कार्य नगर्न समेत अनुरोध गरिएको छ। विशेषगरी रातिको समयमा नदीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने जनाइएको छ। हाल नदीको जलस्तर खतरा तहभन्दा तल रहे पनि चेतावनी तह पार गरिसकेको अवस्थामा स्थानीय बासिन्दालाई सम्बन्धित निकायबाट जारी हुने बाढीसम्बन्धी सूचना तथा चेतावनी पालना गर्न आग्रह गरिएको छ।

लालबकैया खोलामा बाँध कटानको जोखिम, सुरक्षा निकायसहितको टोलीद्वारा निरीक्षण
लालबकैया खोलामा बाँध कटानको जोखिम, सुरक्षा निकायसहितको टोलीद्वारा निरीक्षण रौतहट, ११ असोज । लगातारको वर्षासँगै लालबकैया खोलामा जलस्तर बढेपछि

लाल बकैया नदीमा जलस्तरको सतह खतरा नजिक
रौतहट, ११ असोज । लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको

पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
काठमाडौं, ११ असोज ।पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै अपराध









प्रतिकृया दिनुहोस