राष्ट्रिय
नमुना सामुदायिक वनमा जंगलभित्रै काठ चिरान, स्थानीयद्वारा छानबिनको माग

रौतहट, चन्द्रपुर ८असोज । रौतहटको चन्द्रपुर नगरपालिका–जुडिबेलास्थित नमुना सामुदायिक वन क्षेत्रमा जंगलभित्रै काठ चिरान हुँदा सम्बन्धित निकाय बेखबर बनेको छ । स्थानीयका अनुसार सामुदायिक वन क्षेत्रभित्र काठ चिरान गरी फल्याक बनाउदै तस्करी हुँदासमेत वन कार्यालय बेखबर बनेको हो। जंगलभित्र चिरान गरिएका काठका फल्याकहरू भेटिएको भन्दै स्थानीयले यस विषयमा तत्काल स्थलगत अनुगमन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। स्थानीयले सामुदायिक वन उपभोक्ता समिति निष्क्रिय रहेको र सम्बन्धित वन कार्यालयबाट समेत प्रभावकारी निगरानी हुन नसकेको आरोप लगाएका छन्। वन क्षेत्रभित्र काठ काट्ने तथा चिरान गर्ने कार्य भए पनि सम्बन्धित निकायको नियमित अनुगमन र नियन्त्रण कमजोर रहेको उनीहरूको गुनासो छ। उनीहरूले चिरान गरिएका काठको स्रोत, प्रजाति, परिमाण तथा चिरानमा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। वन क्षेत्रभित्र काठ चिरान भएको सूचना पाएपछि सम्बन्धित वन कार्यालयले तत्काल टोली परिचालन गरी स्थलगत निरीक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ। साथै, सामुदायिक वन उपभोक्ता समितिको भूमिका, वन व्यवस्थापन तथा संरक्षणमा भइरहेको गतिविधिबारे समेत छानबिन गर्नुपर्ने उनीहरूले बताएका छन्। घटनाबारे सम्बन्धित वन कार्यालयको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ। स्थानीयले वन क्षेत्रमा भइरहेको गतिविधिको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही र वन संरक्षणमा प्रभावकारी निगरानी व्यवस्था गर्न माग गरेका छन्।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा रौतहटका सामाजिक परिचालकविरुद्ध मुद्दा
रौतहट, ८ असोज। रौतहटको माधव नारायण नगरपालिकामा सामाजिक परिचालक पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी

मधेश सरकारद्वारा स्वास्थ्यको अस्थायी दरबन्दी स्वीकृत, सचिवालय कर्मचारी सङ्ख्या पुनरावलोकन गर्ने निर्णय
जनकपुरधाम, असोज ४ गते। मधेश प्रदेश सरकारले स्वास्थ्य सेवाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने तथा प्रदेश सरकार र प्रदेश सभाका सचिवालयमा कार्यरत

वनटोल महिला सामुदायिक वनको अध्यक्षमा बाबुराम घिसिङ सर्वसम्मत चयन, ११ सदस्यीय कार्यसमिति गठन।
रौतहटको चन्द्रपुर–२ स्थित वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभाबाट बाबुराम घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ






प्रतिकृया दिनुहोस