राष्ट्रिय
रसुवा बाढीमा रौतहटका दुई इन्जिनियरसहित ६ जना सम्पर्क विहीन
रौतहट, ११ भाद्र
रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि रौतहटका दुई जना मेकानिकल इन्जिनियरसहित ६ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक गरेको आधिकारिक विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ६ जना व्यक्तिहरू रसुवा बाढीपछि सम्पर्कविहीन बनेका हुन् ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत दुई जना इन्जिनियर बाढीपछि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा गरुडा नगरपालिका–३ का ३४ वर्षीय सुधीर कुमार साह र वृन्दावन नगरपालिका–९ का ३४ वर्षीय गौरव राउत रहेका छन्। दुवै जना सोही जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत थिए ।
यसैगरी, रसुवामा अटो व्यवसाय तथा व्यापार गर्दै आएका रौतहटका अन्य नागरिक पनि सम्पर्कविहीन भएका छन्। ईशनाथ नगरपालिका–४ मठियाका शेख माजिद (सञ्चालकः मोटरसाइकल ग्यारेज) र वृन्दावन नगरपालिका–३ की १२ वर्षीया बालिका समीरा मन्सुरी रसुवा बाढीपछि सम्पर्कमा आएका छैनन् ।
त्यस्तै, रसुवाको त्रिशूली बजारमा पसल सञ्चालन गरी बस्दै आएका राजदेवी नगरपालिका–५ ब्रह्मपुरीका ५० वर्षीया संगीता देवी साह र उनका २५ वर्षीय छोरा राहुल कुमार साह पनि बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। सम्पर्कविहीन रहेका रौतहटका नागरिकहरूको खोजी तथा उद्धारका लागि पहल भइरहेको छ ।

गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न
रौतहट १२ भाद्र रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको

रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको

बसन्त कुमार आचार्य विश्व रक्तदाता संस्था नेपालको रौतहट जिल्ला संयोजकमा नियुक्त
रौतहट विश्व रक्तदाता संस्था नेपाल (WBDO) को रौतहट जिल्ला संयोजक पदमा बसन्त कुमार आचार्य नियुक्त हुनुभएको छ। मानवताको सेवा, रक्तदान अभियानलाई







प्रतिकृया दिनुहोस