ताजा खबर

स्थानीय

सोमबार, भदौ ८, २०८३

डिभिजन वन कार्यालय चन्द्रपुरमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

SITENAME

 

चन्द्रपुर, रौतहट २०८३ भदौ ८ गते

डिभिजन वन कार्यालय चन्द्रपुर, रौतहटमा आज एक विशेष समारोहका बिच बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत कर्मचारीहरूको सरुवा भई जाने र नयाँ आगमन हुने पदाधिकारीहरूलाई सम्मान तथा स्वागत गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा डिभिजनल वन अधिकृत (DFO) श्री मनोज ठाकुर सर तथा नायब सुब्बा (ना.सु.) श्री दिलीप कुमार चौधरी को उपस्थिति रहेको थियो। समारोहमा सरुवा भई जाने कर्मचारीहरूलाई उहाँहरूले पुर्‍याउनुभएको उत्कृष्ट योगदानको कदर गर्दै भावपूर्ण बिदाई गरियो भने नयाँ आउनुभएका कर्मचारीहरूलाई न्यानो स्वागत गरियो।

कार्यक्रममा बोल्दै DFO मनोज ठाकुर ले वन संरक्षण, जैविक विविधताको रक्षा र स्थानीय समुदायसँगको सहकार्यमा कर्मचारीहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले सरुवा भई जाने कर्मचारीहरूको उज्ज्वल भविष्य र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ आउनुभएका कर्मचारीहरूबाट कार्यालयको कामकारबाही अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा नायब सुब्बा दिलीप कुमार चौधरीले पनि आफ्नो मन्तव्य राख्दै वन प्रशासन र सेवा प्रवाहलाई थप सुदृढ बनाउन सबै कर्मचारी एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

कार्यालयका अन्य कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले एक-अर्कालाई मायाको चिनो प्रदान गर्दै सुखद कार्यकालको शुभकामना आदानप्रदान गरेका थिए।

प्रतिकृया दिनुहोस
SITENAME

गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न

रौतहट १२ भाद्र रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको

SITENAME

रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको

SITENAME

बसन्त कुमार आचार्य विश्व रक्तदाता संस्था नेपालको रौतहट जिल्ला संयोजकमा नियुक्त

रौतहट  विश्व रक्तदाता संस्था नेपाल (WBDO) को रौतहट जिल्ला संयोजक पदमा बसन्त कुमार आचार्य नियुक्त हुनुभएको छ। मानवताको सेवा, रक्तदान अभियानलाई