ताजा खबर

स्थानीय

मंगलबार, भदौ ९, २०८३

भौतिक पूर्वाधार र दरबन्दी अभावबिच सन्तपुर बर्थिङ सेन्टर चुनौतीलाई चिर्दै पुनः नगरमै प्रथम; ५७० आमाले पाए सुरक्षित सेवा वडा अध्यक्ष जितेन्द्र चौधरीद्वारा स्वास्थ्यकर्मीको उच्च प्रशंसा

SITENAME

 

सन्तपुर (चन्द्रपुर), रौतहट

चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) नगरपालिकामै सर्वोत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा पुनः प्रथम स्थान हासिल गर्न सफल भएको छ। पर्याप्त भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको चरम अभावका बाबजुद संस्थाले लगातार प्रथम स्थान हासिल गर्दै आएको छ।

गत आर्थिक वर्षमा मात्रै यस बर्थिङ सेन्टरबाट ५७० जना गर्भवती महिलाहरूले सुरक्षित रूपमा सुत्केरी सेवा प्राप्त गरेका छन्। बिरामीको अत्यधिक चाप, सीमित पूर्वाधार तथा स्वास्थ्यकर्मी र सरसफाइ कर्मचारी (स्विपर) को दरबन्दी अभावजस्ता अनेकौँ प्रतिकूलताका बिच पनि स्वास्थ्य चौकीले पुर्‍याएको यो सेवा र सफलता प्रशंसनीय रहेको छ।

चन्द्रपुर वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले प्रतिकूल परिस्थितिमा पनि अहोरात्र खटिएर उदाहरणीय कार्य गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ तथा सरसफाइ कर्मचारीहरूलाई विशेष धन्यवाद तथा बधाई ज्ञापन गर्नुभएको छ।

वडा अध्यक्ष चौधरीले सीमित स्रोतसाधनका बिच सम्पूर्ण टोलीले देखाएको समर्पण, उच्च मनोबल र अहोरात्रको खटाइकै कारण यो सफलता सम्भव भएको बताउनुभयो। साथै, उहाँले बर्थिङ सेन्टरमा देखिएको भौतिक पूर्वाधारको कमी र जनशक्तिको अभावलाई समाधान गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

अत्यधिक बिरामीको चापलाई ध्यानमा राख्दै आगामी दिनमा आवश्यक स्वास्थ्यकर्मी तथा सरसफाइ कर्मचारीको दरबन्दी थप गर्न र भौतिक पूर्वाधारको स्तरोन्नति गर्न माग राख्नु भएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न

रौतहट १२ भाद्र रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको

SITENAME

रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको

SITENAME

बसन्त कुमार आचार्य विश्व रक्तदाता संस्था नेपालको रौतहट जिल्ला संयोजकमा नियुक्त

रौतहट  विश्व रक्तदाता संस्था नेपाल (WBDO) को रौतहट जिल्ला संयोजक पदमा बसन्त कुमार आचार्य नियुक्त हुनुभएको छ। मानवताको सेवा, रक्तदान अभियानलाई