स्थानीय
रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। शैक्षिक योग्यता र सामुदायिक विद्यालयप्रतिको लगावलाई प्राथमिकता दिँदै वडा अध्यक्ष सहदेव केसीको नेतृत्वमा गठित उक्त समितिमा संगीता चौधरी, महेश राम, रमा विश्वकर्मा, शिक्षक प्रतिनिधि पूजा गुरुङ र प्रधानाध्यापक विश्वनाथ प्रसाद साह सदस्य रहेका छन्। कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले राज्यले पोसाक, दिवा खाजा, किताब र छात्रवृत्तिमा करोडौँ लगानी गर्दा पनि अभिभावकहरू निजी विद्यालयतर्फ आकर्षित हुनु चिन्ताजनक रहेको र सरकारी लगानी बालुवामा पानीजस्तै भइरहेको बताए। सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि जनप्रतिनिधि, शिक्षक र समिति सदस्यहरूले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनुपर्ने र अभिभावकहरूले विद्यालयका कमजोरी सुधार्दै आफ्ना नानीबाबुलाई सामुदायिक विद्यालयमै पठाउनुपर्नेमा उनले जोड दिए।

गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न
रौतहट १२ भाद्र रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको

बसन्त कुमार आचार्य विश्व रक्तदाता संस्था नेपालको रौतहट जिल्ला संयोजकमा नियुक्त
रौतहट विश्व रक्तदाता संस्था नेपाल (WBDO) को रौतहट जिल्ला संयोजक पदमा बसन्त कुमार आचार्य नियुक्त हुनुभएको छ। मानवताको सेवा, रक्तदान अभियानलाई

भौतिक पूर्वाधार र दरबन्दी अभावबिच सन्तपुर बर्थिङ सेन्टर चुनौतीलाई चिर्दै पुनः नगरमै प्रथम; ५७० आमाले पाए सुरक्षित सेवा वडा अध्यक्ष जितेन्द्र चौधरीद्वारा स्वास्थ्यकर्मीको उच्च प्रशंसा
सन्तपुर (चन्द्रपुर), रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) नगरपालिकामै सर्वोत्कृष्ट स्वास्थ्य







प्रतिकृया दिनुहोस