राष्ट्रिय
मधेश प्रदेश मन्त्रिपरिषद्का निर्णय: प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस, नीति आयोगमा ५५% दरबन्दी कटौती
रौतहट, ५ भदौ ।
मधेश प्रदेश सरकारले प्रदेश सभाको चालु सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेशको प्रशासनिक सुधार, संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले बसेको बैठकले अन्य तीन महत्वपूर्ण निर्णयहरू समेत गरेको छ।
नीति तथा योजना आयोगको दरबन्दीमा ठूलो कटौती
मन्त्रिपरिषद् बैठकले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) स्वीकृत गरेको छ। कार्यबोझ र संस्थागत आवश्यकतालाई दृष्टिगत गर्दै आयोगको संगठन संरचनामा व्यापक हेरफेर गरी करिब ५५ प्रतिशत दरबन्दी कटौती गरिएको छ। यस कदमबाट प्रशासनिक खर्चमा व्यापक मितव्ययिता कायम हुने र उपलब्ध जनशक्तिको अधिकतम उपयोग हुने अपेक्षा सरकारले लिएको छ।
प्रशासनिक निरन्तरताका लागि सचिवहरूको सरुवा र पदस्थापन
त्यस्तै, प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत सचिवहरूको खटनपटन तथा पदस्थापन गर्ने निर्णय पनि भएको छ। सचिवहरूको पदस्थापन गर्दा सम्बन्धित मन्त्रालयको कार्यबोझ, विषयगत अनुभव, कार्यक्षमता र प्रशासनिक निरन्तरतालाई मुख्य आधार बनाइएको जनाइएको छ।
इन्जिनियरिङ जनशक्तिको अध्ययनका लागि तीन सदस्यीय कार्यदल
पूर्वाधार क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिको वृत्ति विकास र व्यवस्थापनका लागि प्रदेश सरकारले अध्ययन कार्यदल गठन गरेको छ। नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएका विज्ञको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
उक्त कार्यदलले इन्जिनियरिङ जनशक्तिको सरुवा, पदस्थापन, कार्यगत गतिशीलता, विशेषज्ञता विकास र सोका लागि आवश्यक कानूनी सुधारका उपायहरूबारे अध्ययन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन
बुझाउनेछ।

गैडाटारमा सिँचाइ संकट : किसानको हारगुहार बेवास्ता, करोडौंको डिप बोरिङ लगानीमाथि प्रश्न
रौतहट १२ भाद्र रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान सिँचाइ अभावका कारण गम्भीर समस्यामा परेका छन् । धानबालीलाई अत्यावश्यक पानीको

रौतहटको जनभावना आधारभूत विद्यालयमा लालबहादुर कुश्वारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोलस्थित श्री जनभावना आधारभूत विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लालबहादुर कुश्वारको
रसुवा बाढीमा रौतहटका दुई इन्जिनियरसहित ६ जना सम्पर्क विहीन
रौतहट, ११ भाद्र रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि रौतहटका दुई जना मेकानिकल इन्जिनियरसहित ६ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला







प्रतिकृया दिनुहोस