स्थानीय
चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउँदै

रौतहट २८ श्रावण
रौतहटको चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको सेवा औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । चन्द्रपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा चन्द्रपुर नगरपालिकाको नगर अस्पतालबाट आँखा उपचारसम्बन्धी सेवा प्रदान गर्न लागिएको हो । आँखा केन्द्रको सेवा यही श्रावण २९ गते शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिने निजगढ तिलगंगा अस्पतालका प्रमुख डा. विष्णुहरि मरठ्ठाले जानकारी दिनुभयो । चन्द्रनिगाहपुर तथा आसपासका क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै सहज र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । केन्द्र सञ्चालनमा आएपछि सामान्य आँखा जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । केन्द्रबाट आँखाको नियमित जाँच, उपचार तथा आवश्यक परामर्श प्रदान गरिनेछ । साथै, जटिल समस्या भएका बिरामीलाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा रेफर गर्ने व्यवस्था समेत गरिने बताइएको छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा टाढा गएर उपचार गराउन कठिन हुने बिरामीलाई केन्द्रको सेवाबाट राहत पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तह र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालन हुने केन्द्रबाट नियमित र प्रभावकारी सेवा प्रदान गरिने जनाइएको छ । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला तथा स्थानीय नागरिकको सहभागिता रहने बताइएको छ ।

चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको औपचारिक उद्घाटन
रौतहट २९ साउन रौतहटको चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । चन्द्रपुर नगरपालिका र नेपाल आँखा

चन्द्रपुरमा लम्पी स्किन रोगको प्रकोप, दर्जनौँ पशु मरेको किसानको दाबी
रौतहट २८ श्रावण रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पशुमा लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । रोगका कारण दर्जनौँ गाई, गोरु तथा

लालबकैया नदीमा बेपत्ता बालिकाको खोजी तेस्रो दिन पनि जारी
रौतहट २८ श्रावण रौतहटको देवाही गोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी १० वर्षीया बालिका रौशन खातुनको खोजी कार्य तेस्रो दिन








प्रतिकृया दिनुहोस