स्थानीय
सामुदायिक बन दिबसमा बृक्षारोपण तथा बिभिन्न समुह सम्मानित

रौतहट २४ साउन । सामुदायिक वन दिवस, २०८३ को अवसरमा रौतहटमा वृक्षारोपण तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । डिभिजन वन कार्यालय रौतहट, चन्द्रनिगाहपुरको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटको सह–आयोजनामा उक्त कार्यक्रम गरिएको हो । चन्द्रपुर नगरपालिका–६ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको परिसरमा वृक्षारोपण तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो । सोही कार्यक्रममा दिगो बन ब्यबस्थापनमा योगदान पुरयाउने हातेमालो सामुदायिक बन उपभोक्ता समुह, डढेलो नियन्त्रणमा योगदान पुरयाउने नब दुर्गा उपभोक्ता बन समुह, बृक्षारोपण मार्फत हरियाली प्रबद्धनमा नमस्ते सामुदायिक बन उपभोक्ता समुह ,चुरेक्षेत्र बनसंरक्षरणमा योगदान पुरयाए बापत प्रगतिशित महिला सामुदायिक बन उपभोक्ता समुह र जैबिक बिबिधता संरक्षणमा योगदान पुरयाए बापत लालभिते सामुदायिक बन उपभोक्ता समुह लाई जनही ५ हजार सहित कदर पत्रले सम्मान गरिएको थियो । अबको सामुदायिक वन, युवा सहभागिता, हरित अर्थतन्त्र र दिगो व्यवस्थापन भन्ने नाराका साथ आयोजित कार्यक्रममा वन संरक्षण, वृक्षारोपण तथा सामुदायिक वनको दिगो व्यवस्थापनमा जोड दिइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका मधेश प्रदेश अध्यक्ष सोम शर्माले सामुदायिक बन उपभोक्ता समुहको बन संरक्षण र प्रर्बद्धनमा उल्लेखनिय भुमिका रहेको बताउनु भयो । कार्यक्रममा
विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै सामुदायिक वन संरक्षण तथा व्यवस्थापनमा योगदान पु¥याउने व्यक्तिहरू तथा समूहलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ ।यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहालले पंचायत बन बन र पंचायत संरक्षित बन मार्फत समुदाय लाई एकत्रित गर्दै सामुदायिक बन दिबस मनाउन थालिएको बताउनु भयो । सामुदायिक वनले स्थानीय समुदायको सहभागितामा वन संरक्षण, जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानीय आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा युवाको सहभागिता बढाउँदै वन संरक्षणलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका डिभिजनल बन अधिकृत मनोज ठाकुरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
..jpeg&h=200&w=220)
लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला
रौतहट, २७ साउन । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार फेला परेको छ। रौतहटको देवाही गोनाही

लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
रौतहट २६ साउन रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन जना बालबालिका डुबेर बेपत्ता भएका

मोटरसाइकल दुर्घटनामा वडाअध्यक्ष सहित दुई जना पक्राउ
रौतहट २६ साउन । मोटरसाईकद दुर्घटनामा एक युबकको मृत्यु लाई लिएर प्रहरीले एक जना वडाअध्यक्ष सहित दुई जना लाई पक्राउ गरेको छ । २०८२ साल असार ६ गते

..jpeg&h=90&w=100)






प्रतिकृया दिनुहोस