स्थानीय
लालबकैया नदीमा बेपत्ता बालिकाको खोजी तेस्रो दिन पनि जारी

रौतहट २८ श्रावण
रौतहटको देवाही गोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी १० वर्षीया बालिका रौशन खातुनको खोजी कार्य तेस्रो दिन बिहीबार पनि जारी छ । देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलका तीन बालबालिका मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये मोहम्मद रमतुल्लाह र सवनम खातुनको शव बुधबार बिहान घटनास्थलबाट करिब डेढ किलोमिटर तल जिङडिया पुलनजिक फेला परेको थियो । तर, उनीहरूसँगै डुबेकी रौशन खातुन अझै फेला परेकी छैनन् । बुधबार दिनभर खोजी गर्दा पनि बालिका नभेटिएपछि बिहीबार बिहानैदेखि सुरक्षाकर्मीले खोजी अभियान तीव्र बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटबाट असई भीमबहादुर पुनको नेतृत्वमा ९ सदस्यीय डिजास्टर म्यानेजमेन्ट टोली रबर बोटसहित परिचालन गरिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय देवाही गोनाही र सशस्त्र प्रहरीको टोली नदीको तल्लो तटीय क्षेत्रमा खोजीमा खटिएको छ। नदीमा पानीको बहाव बढेका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको सुरक्षाकर्मीले बताएका छन् । घटनापछि लक्षमिनिया टोल शोकमा डुबेको छ। सुरक्षा निकायले बालबालिकालाई नदी तथा खोला किनारमा एक्लै नपठाउन र तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको औपचारिक उद्घाटन
रौतहट २९ साउन रौतहटको चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ । चन्द्रपुर नगरपालिका र नेपाल आँखा

चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउँदै
रौतहट २८ श्रावण रौतहटको चन्द्रनिगाहपुरमा तिलगंगा सामुदायिक आँखा केन्द्रको सेवा औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । चन्द्रपुर नगरपालिका र नेपाल

चन्द्रपुरमा लम्पी स्किन रोगको प्रकोप, दर्जनौँ पशु मरेको किसानको दाबी
रौतहट २८ श्रावण रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पशुमा लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । रोगका कारण दर्जनौँ गाई, गोरु तथा








प्रतिकृया दिनुहोस