ताजा खबर

राष्ट्रिय

शुक्रबार, मङ्सिर १२, २०८३

चन्द्रनिगाहपुरमा बालसंरक्षणका कानुनी प्रावधान सम्बन्धी दुई दिने तालिमको पहिलो दिन सम्पन्न

SITENAME

विवेक चाैधरी 

रौतहट चन्द्रनिगापुर मंसिर ११

रौतहटको चन्द्रपुरमा बालविवाह, बालश्रम तथा बालयौन दुर्व्यवहारका कानुनी प्रावधान सम्बन्धी दुई दिने तालिमको पहिलो दिन शुक्रबार सम्पन्न भएको छ।  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा ‘बालबालिका हाम्रो गौरव’ परियोजना अन्तर्गत चन्द्रनिगाहपुरस्थित आरोही होटलमा तालिम सुरु भएको हो। ‘छोरी’ (Chhori) संस्थाको आयोजना, ‘किन्डर नट हिल्फे’ (KNH) सँगको सहकार्य तथा चन्द्रपुर नगरपालिका बाल अधिकार समितिको समन्वयमा सञ्चालित तालिममा बाल अधिकारकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको छ।  तालिमको उद्देश्यबारे जानकारी दिँदै कार्यक्रम संयोजक कोपिला तिमल्सिनाले सन् २०१६ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको ‘छोरी’ संस्थाले महिला, किशोरी तथा बालबालिकाका सवालमा निरन्तर काम गर्दै आएको बताउनुभयो। छोरी भएकै कारण हुने हिंसा न्यूनीकरण गरी हिंसारहित समाज निर्माण गर्ने लक्ष्यका साथ संस्थाले मानव बेचबिखन विरुद्ध रोकथाम, संरक्षण, पैरवी, सचेतना तथा बालअधिकार सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको संयोजक तिमल्सिनाको भनाइ छ।मंसिर ११ र १२ गते (शुक्रबार र शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने तालिमको भोलि शनिबार समापन हुनेछ।

प्रतिकृया दिनुहोस
SITENAME

मकवानपुरमा सुमो दुर्घटना  रौतहटका तीन जनाको मृत्यु, सात घाइते

हेटौडा  ३ मंसिर । मकवानपुरको भैँसे नजिकै सुमो दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ भने चालक सहित सात जना घाइते भएका छन् । रौतहटको

SITENAME

रौतहटमा ७१औँ प्रहरी दिवस मनाइयो : सहयोगी व्यक्ति तथा संस्था सम्मानित

रौतहट, असोज ३० ​‘विपद्मा सारथी, सङ्कटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ ७१औँ प्रहरी दिवस–२०८३ रौतहटमा विभिन्न

SITENAME

रौतहटमा ७१औँ प्रहरी दिवस मनाइयो : सहयोगी व्यक्ति तथा संस्था सम्मानित

रौतहट, असोज ३० ​‘विपद्मा सारथी, सङ्कटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ ७१औँ प्रहरी दिवस–२०८३ रौतहटमा विभिन्न

↑