स्थानीय
चन्द्रनिगाहपुरमा बालसंरक्षणका कानुनी प्रावधान सम्बन्धी दुई दिने तालिमको पहिलो दिन सम्पन्न

विवेक चाैधरी
रौतहट चन्द्रनिगापुर मंसिर ११ ।
रौतहटको चन्द्रपुरमा बालविवाह, बालश्रम तथा बालयौन दुर्व्यवहारका कानुनी प्रावधान सम्बन्धी दुई दिने तालिमको पहिलो दिन शुक्रबार सम्पन्न भएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा ‘बालबालिका हाम्रो गौरव’ परियोजना अन्तर्गत चन्द्रनिगाहपुरस्थित आरोही होटलमा तालिम सञ्चालन गरिएको हो। ‘छोरी’ (Chhori) संस्थाको आयोजना, ‘किन्डर नट हिल्फे’ (KNH) सँगको सहकार्य तथा चन्द्रपुर नगरपालिका बाल अधिकार समितिको समन्वयमा सञ्चालित तालिममा बाल अधिकारकर्मी र सरोकारवालाहरूको सहभागिता रहेको छ। संस्थाकी कार्यकारी निर्देशक हिरा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक दाहालले ‘छोरी’ संस्थाको स्थापना, उद्देश्य र कार्यक्षेत्रबारे प्रष्ट पार्नुभएको थियो। सन् २०१६ मा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको संस्थाले महिला, किशोरी तथा बालबालिकाका सवालमा निरन्तर काम गर्दै आएको उहाँले बताउनुभयो।छोरी भएकै कारण हुने हिंसा न्यूनीकरण गरी हिंसारहित समाज निर्माण गर्ने लक्ष्यका साथ संस्थाले मानव बेचबिखन विरुद्ध रोकथाम, संरक्षण, पैरवी, सचेतना तथा बालअधिकार सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको कार्यक्रम संयोजक कोपिला तिमल्सिनाले जानकारी दिनुभयो।मंसिर ११ र १२ गते (शुक्रबार र शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने तालिमको भोलि शनिबार समापन हुनेछ।

चन्द्रपुरमा बालश्रम अन्त्यका लागि योजना निर्माण सम्बन्धी अन्तर्क्रिया सम्पन्न
विवेक चाैधरी रौतहट चन्द्रनिगाहपुर, मंसिर ५ । रौतहटको चन्द्रपुर नगरपालिकामा बालश्रम अन्त्यका लागि योजना निर्माण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम
..jpeg&h=200&w=220)
रौतहटमा नाईन एमएमका २७ राउण्ड गोली बरामद, दुई जना भारततर्फ फरार
रौतहट, २ मंसिर । प्रहरीले रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट पेस्तोलमा लाग्ने नाईन एमएमका २७ राउण्ड गोली बरामद गरेको छ । गौर भन्सार सुरक्षा गार्ड र

रौतहट बौधिमाईको सरमुज्वामा चोरको आतंक, दुई होटलमा तोडफोड गरी चोरी
रौतहट १ मंसिर रौतहटको बौधिमाई नगरपालिका–८ सरमुज्वास्थित हनुमान मन्दिर नजिकै रहेका दुईवटा होटलमा गएराति चोरी भएको छ । रातिको समयमा चोरहरूले





प्रतिकृया दिनुहोस