ताजा खबर

स्थानीय

बुधबार, असोज २८, २०८३

रौतहटमा मौलिक संस्कृति जोगाउन सेनाद्वारा परम्परागत पिङ निर्माण

SITENAME

​चन्द्रपुर (रौतहट) २८ असोज। नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा रौतहटको चन्द्रपुरमा परम्परागत पिङ निर्माण गरिएको छ। नेपाली मौलिक परम्परा तथा लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यहाँस्थित श्री नारायणदल गणले चन्द्रपुर नगरपालिका–६  शान्ति नगरको एकता मैदानमा पिङ निर्माण गरेको हो। पहिले गाउँघरमा दसैँ सुरु भएसँगै प्रत्येक टोल–टोलमा देखिने पिङ अचेल आधुनिकताको प्रभाव र प्रविधिका कारण हराउँदै जान थालेका छन्। यसै सन्दर्भमा परम्परागत संस्कृतिको जगेर्ना गर्न र दसैँको मौलिक रौनक फर्काउन पिङ निर्माण गरिएको आयोजकले जनाएको छ। शान्ति टोलस्थित एकता मैदानमा बाँस, काठ र डोरीको प्रयोग गरी परम्परागत शैलीमा लिङ्गे पिङ तयार गरिएपछि स्थानीयवासीमा दसैँको उत्साह थपिएको छ। दसैँमा कम्तीमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहँदै आएको छ। नेपाली समाजमा दसैँ र पिङ एकअर्काका परिपूरक मानिन्छन्। पिङ खेल्नु मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको प्रतीक पनि हो। बालबालिका, युवादेखि वृद्धवृद्धासम्म एकै ठाउँमा भेला भएर पिङ खेल्दा समुदायमा आत्मीयता बढ्ने र नयाँ पुस्तालाई पुर्खादेखि चलिआएको संस्कृतिबारे जानकारी मिल्ने विश्वास लिइएको छ। सेनाको यस प्रयासले स्थानीयवासीलाई चाडपर्वको उल्लास दिनुका साथै क्षेत्रमा आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

पोल्ट्री किसानको हकहितको लागि राष्ट्रिय आन्दोलन संघर्ष समिति गठन

रौतहट२८ असोज । पोल्ट्री किसानहरूको हकहित संरक्षण, बजारमा बिचौलियाको प्रभाव र सीमित व्यवसायीको एकाधिकार अन्त्य तथा किसानका साझा समस्या समाधानका

↑