स्थानीय
रौतहटमा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ

रौतहट २७ असोज
रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गरी पार्टपुर्जा खोल्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त विवरण अनुसार, असोज २४ गते राति चन्द्रपुर नगरपालिका–७ नयाँ बस्तीस्थित एक घरबाट प्रदेश ०३–०४६ प ३६५२ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल चोरी भएको थियो । चोरी भएको मोटरसाइकलको खोजतलास गर्ने क्रममा प्रहरीले असोज २५ गते बिहान करिब ६ः३० बजे गुजरा नगरपालिका–२ कटानीटोलस्थित एक मोटरसाइकल वर्कसपमा उक्त मोटरसाइकल फेला पारेको हो । वर्कसपमा मोटरसाइकलको ट्याङ्की, चक्कालगायतका पार्टपुर्जा खोलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको वृन्दावन नगरपालिका–१० का १९ वर्षीय अर्जुन चौधरी तथा पर्साको वीरगञ्ज महानगरपालिका–३१ का १९ वर्षीय आनन्द गौरो र शिवशंकर दास थारूलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका रौतहटको गुजरा नगरपालिका–२ निवासी २४ वर्षीय राहुल चौधरीको वर्कसपमा चोरी भएको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मधेश प्रदेशमा आदिवासी जनजाति युवाको वन अधिकार रेड प्लस तथा प्राकृतिक स्रोत शासनसम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न
महोत्तरी २३ असोज । आदिवासी जनजाति युवाको वन उपयोग तथा व्यवस्थापन अधिकार रेड प्लस जलवायु परिवर्तन तथा प्राकृतिक स्रोत शासनसम्बन्धी ज्ञान, नेतृत्व र

रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा जाँच।
रौतहट, २२ असोज । ७१औँ प्रहरी दिवस–२०८३ को अवसर पारेर रौतहटमा ट्राफिक प्रहरीसहित १०३ जनाको निःशुल्क आँखा जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी

रौतहटमा भारतीय ठेकेदारबाट अलपत्र परेका ४२ भारतीय नागरिकको उद्धार
उपेन्द्र गोले तामाङ रौतहट १९ असोज रौतहटको गुजरा नगरपालिकाबाट अलपत्र अवस्थामा रहेका ४२ जना भारतीय नागरिकको उद्धार गरी भारतीय सीमा सुरक्षा बलको







प्रतिकृया दिनुहोस